logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा स्कुटरको ठक्करबाट पैदलयात्री रामबहादुर कार्कीको मृत्यु भएको छ।

शनिबार साँझ इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका कार्कीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका कार्कीलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।