logo
२०८३ कार्तिक ९, आईतबार |
☰
📰
🔍
✕

विश्व भोकमरी सूचकांक २०२६ मा नेपाल ७२औँ स्थानमा

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
विश्व भोकमरी सूचकांक २०२६ मा नेपाल ७२औँ स्थानमा

काठमाडौं / विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। सार्वजनिक प्रतिवेदनअनुसार नेपालको भोकमरीको अवस्था मध्यम श्रेणीमा रहे पनि विगत वर्षको तुलनामा केही सुधार देखिएको छ।

नेपालले सन् २०२६ मा १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०२५ मा नेपालको अंक १४.८ र सन् २०२४ मा १४.७ थियो। भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउँछ।

प्रतिवेदनअनुसार सन् २००० मा नेपालको जीएचआई अंक ३७.१ थियो। त्यसबेला नेपाल गम्भीर भोकमरीको अवस्थामा रहेको थियो। सन् २०१८ मा १८.४ अंक रहेको नेपालको सूचकांकमा त्यसयता समग्रमा सुधार देखिएको छ।

दक्षिण एसियाली मुलुकमध्ये श्रीलंका १०.२ अंकसहित ५३औँ, नेपाल १४.५ अंकसहित ७२औँ, बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा रहेका छन्। अफगानिस्तान १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ, जुन विश्वको औसत १८.१ भन्दा बढी हो। यसले दक्षिण एसियामा भोकमरी, कुपोषण तथा खाद्य सुरक्षासम्बन्धी चुनौती अझै कायम रहेको देखाउँछ।