logo
२०८३ कार्तिक १३, बिहिबार |
☰
📰
🔍
✕

मुस्ताङमा १ अर्ब १४ करोडभन्दा बढीको स्याउ उत्पादन

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ कार्तिक १३, बिहिबार
मुस्ताङमा १ अर्ब १४ करोडभन्दा बढीको स्याउ उत्पादन

मुस्ताङ / मुस्ताङमा यस वर्ष प्रारम्भिक अनुमानअनुसार १ अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको छ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाका पाँच स्थानीय तहको ६६२ हेक्टर क्षेत्रफलमा ७ हजार ३८.५४ मेट्रिक टन स्याउ उत्पादन भएको हो।

उत्पादित स्याउमध्ये हाइब्रिड स्याउ ९५९.६२ मेट्रिक टन र स्थानीय जातको स्याउ ६ हजार ७८.९२ मेट्रिक टन रहेको छ।

यस वर्ष उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने र १७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको स्याउ जिल्लाभित्रै खपत हुने अनुमान गरिएको छ।