प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ कार्तिक १५, आईतबार
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विशेष बैठक आज (आइतबार) बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल हुने भएको छ।
बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू मात्रै सहभागी हुनेछन्। बैठकले पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने बताइएको छ।
बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्नेछन्। उक्त कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू पनि सहभागी हुनेछन्।