logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ कार्तिक १६, सोमबार
पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

चितवन / पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज (सोमबार) चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार गर्डर राख्ने कार्यका लागि उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।

सडक बन्द रहने अवधिमा चालक तथा यात्रुलाई धैर्य गर्न, लेन अनुशासन कायम राख्न र ट्राफिक नियम पालना गर्न आयोजनाले अनुरोध गरेको छ।