logo
२०८३ कार्तिक १७, मंगलबार |
☰
📰
🔍
✕

सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ कार्तिक १७, मंगलबार
सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौँ /  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सहकार्य गरेका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

आज पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले केपी शर्मा ओली, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतृत्वमा रहेका कम्युनिस्ट समूहलाई पनि एकताबद्ध गर्नुपर्ने बताएका हुन्।

उनले देश असाधारण संकटबाट गुज्रिरहेको उल्लेख गर्दै कम्युनिस्ट शक्तिहरू मात्र नभई देशभक्त र लोकतन्त्रवादी शक्तिबीचको एकता पनि ऐतिहासिक आवश्यकता बनेको बताए।

विगतमा एकता र विभिन्न उतारचढावको अनुभव रहेको भन्दै उनले अहिले सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए।

सबैखाले आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भई राष्ट्रलाई प्राथमिकतामा राखेर एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।