प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ।
ओली निवास गुन्डुमा भएको भेटमा मधेस प्रदेश सरकारको अवस्था, समसामयिक राजनीतिक विषय, सरकारको कार्यशैली तथा पछिल्लो घटनाक्रमबारे छलफल भएको बताइएको छ।
मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ। तर एमालेले गत असोज २५ गते उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
१०७ सदस्यीय मधेस प्रदेशसभामा जनता समाजवादी पार्टीका २७, एमालेका २३, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२ तथा संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।