प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुने कार्यक्रम रहेको छ।