प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ कार्तिक १९, बिहिबार
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ।
बैठकमा सरकारले बुधबार दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको विषयलगायत समसामयिक राजनीतिक मुद्दामा पार्टीको आधिकारिक धारणा तय गरिने बुझिएको छ।
यसअघि कांग्रेसले पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा गरिएको धरपकडको विरोध गर्दै संसदीय छानबिन समिति गठन र तत्काल प्रतिनिधिसभा बैठक बोलाउन माग गरिसकेको छ।