प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ कार्तिक २१, शनिबार
काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले यमपञ्चकका अवसरमा पशुपन्छीप्रतिको प्रेम र आत्मीयता झल्काउने नेपाली संस्कृतिको प्रशंसा गरेका छन्।
काग तिहारको शुभकामना सन्देश दिँदै उनले कागलाई यमराजको दूत मानेर पूजा गर्ने परम्पराले सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको बताएका छन्। साथै, कुकुर तिहारमा मानव जीवनका विश्वासिला साथी कुकुरलाई पूजा गरी उनीहरूप्रति प्रेम र कृतज्ञता प्रकट गरिने उल्लेख गरेका छन्।
उनले यस्ता पर्वले मानव र अन्य जीवबीचको सहअस्तित्व, सद्भाव र आपसी सम्मानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।