logo
२०८३ कार्तिक २७, शुक्रबार |
☰
📰
🔍
✕

एनपीएलमा दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक, काठमाण्डूविरुद्ध बनाए ५० रन

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ कार्तिक २७, शुक्रबार
एनपीएलमा दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक, काठमाण्डूविरुद्ध बनाए ५० रनCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाडौँ। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै दोस्रो अर्धशतक पूरा गरेका छन्।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डू गोर्खाजविरुद्धको खेलमा उनले ४६ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि दीपेन्द्रले महत्त्वपूर्ण इनिङ्स खेलेका छन्। जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए।

एनपीएलको पहिलो संस्करणदेखि नै सुदूरपश्चिमको कप्तानी सम्हाल्दै आएका दीपेन्द्रको लिगमा यो समग्र तेस्रो अर्धशतक हो।