प्रभातफेरी अनलाइन१४ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
बारा / सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने बताएका छन्।
आइतबार सिमरामा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विकासमा बाधा पुर्याउने पुराना तथा खराब कानून संशोधन गरेर अघि बढ्नुपर्ने बताए।
देशको समृद्धि, सुशासन र विकासका लागि आगामी ५० वर्षसम्म संविधान संशोधन गर्न नपर्ने गरी दीर्घकालीन कानून निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
मधेसमा विकासको पर्याप्त सम्भावना हुँदाहुँदै पनि शिक्षा, स्वास्थ्य, सडक तथा सामाजिक विकास पछाडि पर्नु चिन्ताजनक रहेको उनको भनाइ थियो। उनले विकासका लागि स्थानीय सरकार गम्भीर हुनुपर्ने र जायज माग पूरा गराउन प्रदेश तथा संघीय सरकारसँग निरन्तर पहल गर्नुपर्ने बताए।