प्रभातफेरी अनलाइन७ पटक पढिएको | मंसिर ५, २०८३ | शनिबार
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेल र जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोबीच शिष्टाचार भेटवार्ता भएको छ।
शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विषयमा छलफल भएको हो।
भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ।