logo
२०८३ मंसिर ६, आईतबार |
☰
📰
🔍
✕

प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाँदै, दिल्लीमा भव्य स्वागतको तयारी

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाँदै, दिल्लीमा भव्य स्वागतको तयारी

काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ। उहाँलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुहुने कार्यक्रम तय भएको छ।

विमानस्थलबाट उहाँ सिधै होटल ताज मानसिंह जानुहुनेछ। साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ।

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ। साथै, प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता र दिवाभोजको कार्यक्रमसमेत रहेको छ।