प्रभातफेरी अनलाइन१४ पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
काठमाडौं / परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को हालै सम्पन्न भारत भ्रमणका क्रममा सार्वजनिक गरिएको ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष रूपमा अघि बढाउन तथा सीमा समस्याको समाधान खोज्न मार्गनिर्देश गरेको जनाएको छ।
मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले दुई देशबीच भएका समझदारी कार्यान्वयनका लागि दक्षिण एसिया महाशाखाबाट आवश्यक पत्राचार भइसकेको जानकारी दिनुभयो।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे सोधिएको प्रश्नमा उहाँले उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने समय प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो।
प्रवक्ता पौडेलले ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्रतामा अघि बढाउन दिशानिर्देश गर्ने उल्लेख गर्दै दुवै देशका प्रधानमन्त्रीले सीमा समस्याको समाधानका लागि संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भारलगायतका विषयलाई समेत प्राथमिकतामा राख्नुभएको जानकारी दिनुभयो।