Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा सेजको लागी ३ अर्व आवश्यक जनशक्ति स्थानियले पाउनु पर्छ – संजय

प्रभातफेरी अनलाइन ६८३१ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ २, बुधबार (७ साल अघि)
पाँचखालमा सेजको लागी ३ अर्व आवश्यक जनशक्ति स्थानियले पाउनु पर्छ – संजय

पाँचखाल-पाँचखाल नगरपालीका वडा नं ८ मा बिशेष आर्थिक क्षेत्र (सेज) निर्माणको लागि कार्य सुरु भएको छ । २०६८ सालबाटै निर्माणको प्रकृया अगाडी बढेपनि अस्थिर राजनीतिको कारणले गर्दा कार्य सुरु हुन सकेको थिएन । हाल आएर जनप्रतीनिधिहरुको पहलमा कार्य अगाडी बढेको छ ।

नेपालको बिभिन्न स्थानमा गरी १४ स्थानमा निर्माण हुन लागेको सेज मध्य पाँचखालमा निर्माण हुने सेजको बिशेष महत्व रहेको छ । पाँचखालमा संचालन हुन लागेको बिशेष आर्थिक क्षेत्र (सेज) ले पाँचखालको मात्र नभएर काभे्र जिल्लाको साथै मुलुककै गौरवको बिषय हो । सो स्थानबाट बिभिन्न ५२ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख भएको छ । पाँचखाललाई भैरहवा पछिको दोस्रो प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने तयारी गरेको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले पहिलो चरणमा प्रशासनिक भवन साथै बार वन्देजको लागि १२ करोडको टेन्डर लगाई कार्य सुरु गरेको छ । निर्माण कार्यको लागि लामा एण्ड स्मृति कन्स्ट्रक्सनले वनको रुख काट्ने कार्य थाली सकेको छ । सोही बिषयमा सेज निर्माण हुने वडाका वडाअध्यक्ष संजय तामाङसंग सम्पर्क राख्दा पहिलो चरणमा २० रोपनीको रुख काट्ने कार्य भएको जानकारी गराउनु भयो । ४ सय रुख काटी सकेको र उक्त काटिएको रुखहरु डिभिजन वन कार्यालय मार्फत स्थानीयलाई हस्तान्तरण गर्नेछ । वन उपभोक्ता समिति, सम्बन्धित वडा र नगरपालिकाको बिक्रि बितरण गर्ने तयारी रहेको वताउनु भयो । रुख तथा दाउरा बिक्रिबाट भएको आम्दानी मध्यको ४० प्रतिशत बिरुवा रोपन तथा संरक्षणमा खर्च गर्ने र बाँकी ६० प्रतिशत विकास निर्माण खर्च गर्ने बताउनु भयो ।

वडा अध्यक्ष तामाङका अनुसार पछिल्लो चरणहरुमा जग्गा तयारी गर्दा ६ हजार रुखहरु काटिने बताउनु भयो । ठुलो परिठणामको रुख काट्ने, बितरण गर्ने, वृक्षा रोपवन, वन संरक्षण साथै बिकास निर्माणको कार्यको लागि सम्बन्धित वडा र नगरपालिका समेतको समन्वयमा वन उपभोक्ता समिति समेत भएर अगाडी बढ्नु पर्ने बताउनु भयो । सेज निर्माणको लागि हुने कार्यको लागि आवश्यक जनशक्तिको लागि स्थानियलाई प्राथमिकता दिनु पर्ने बिषयमा छलफल भएको बताउनु भयो ।
सेज संचालनको लागि दुईवटा सामुदायिक वनका रुखहरु काट्नका लागि सम्बन्धित निकायबाट आदेश ढिलाइ हुँदा कार्यको सुरुवात ढिला भएको जानकारी प्राप्त भएको छ ।

दूई महिना भित्रमा भवन निर्माण शूरु गरिने सेज प्राधिकरणले जनाएको छ । प्राधिकरणले सेजको निर्माणका लागि २ अर्ब ९५ करोड २७ लाख १७ हजार रुपैयाँको अनुमानित लागत तयार गरेको छ । सेज परिसरमा मनोरञ्जन केन्द्र र स्विमिङ पूलसमेत बन्ने गुरुयोजनामा उल्लेख रहेको छ । निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन दिन सरकारले पाँचखाललाई विशेष आर्थिक क्षेत्र (सेज) का रुपमा घोषणा गरेको हो ।

  • पाँचखालमा सेजको लागी ३ अर्व आवश्यक जनशक्ति स्थानियले पाउनु पर्छ - संजय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0