प्रभातफेरी अनलाइन७४३३ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २७, बुधबार(७ साल अघि)
बनेपा-विगत लामोसमय देखी आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बिद्यासागर माध्यमिक विद्यालयले समयको माग अनुसारको नयां ढंगको शिक्षा प्रदान गर्ने जमर्को गरेको छ । आगामी शैक्षिक सत्रबाट बिहान ७ः४५ बाट बेलुका ५ः१५ सम्म विद्यार्थीहरुलाई अध्यापन गराउनेको साथै बिभिन्न क्रियाकलाप गराउने गरी अगाडी बढ्ने भएको छ ।
विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालका अनुसार अध्यापनको साथ साथै बालबालिकाले गीत, संगीत, नृत्य, खेलकुद, योगकक्षा, नेतृत्व, व्यक्तित्व विकास लगाएतको कार्यमा विद्यार्थीहरुले ९ घण्टा विद्यालयमा समय विताउने छन । कक्षा १ देखी ७ सम्मका बिद्यार्थीलाई किताबको भारी नवोकाउने ‘व्यागलेस’ तयारी भएको छ । विद्यार्थीहरुलाई धेरै किताबको भारी बोकाउने साथै घोकन्ते शिक्षाको भरमा विद्यार्थीहरुको भविश्य राम्रो नहुने भएकोले गुणस्तरीय शिक्षाको साथै सवैप्रकारको क्षेत्रमा विद्यार्थीहरुलाई निपुन गराउन नयाँ तरीकाले शिक्षा दिन लागेको प्रिन्सिपल नेपालले वताउनु भएको छ ।
प्रिन्सिपल हिरा शर्माका अनुसार ब्यागलेस पछि बिद्यार्थीले स्कुल भित्रै शिक्षकको प्रत्यक्ष निगरानीमा गृहकार्य गराई किताब कापी स्कूलमै छाडेर घर जाँने र घरमा जाँदा साँझ कुनै कथा किताब वा परियोजना कार्यको पाना बोकेर जाने व्यवस्था बिद्यालयको छ । विद्यार्थीहरु घरमा जाँदा किताबको भारी नबोकी (व्यागलेस) जान्छन् । आधुनिक गुणस्तरीय शिक्षामा नयाँ पनका साथ अगाडी बढ्दै आएको उक्त विद्यालयले व्रिटिस काउन्सिलको अन्र्तराष्ट्रिय स्कुल अवार्ड २०१७–२०२० बाट सम्मानित भएका छन् ।
उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक–शिक्षिका अन्तराष्ट्रिय सहकार्यमा सामेल भएका छन् । फरक खालका अतिरिक्त कृयाकलापहरुका अलावा विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक प्रशिक्षण तथा थप कार्यहरुलाई प्राथमिकता दिने भएको छ ।