logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

बालबालिकाले आधारभूत ज्ञान घरबाटै सिक्छन्–मन्त्री बास्कोटा

प्रभातफेरी अनलाइन६८४८ पटक पढिएको | २०७६ अषाढ १८, बुधबार
बालबालिकाले आधारभूत ज्ञान घरबाटै सिक्छन्–मन्त्री बास्कोटा

पनौती-पनौती नगरपालिका २ र ३, नं. वडा काभ्रेपलाञ्चोक जिल्लाको तेश्रो बालमैत्री स्थानिय शासन वडा घोषणा समारोहलाई शनिबार कुशादेवी आइपुगेका नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले आप्mनो सम्बोधनको क्रममा उक्त भनाई राखेका हुन् । आप्mनो सम्बोधनको शुरुवात जननेता मदन भण्डारीप्रति स्मरण गर्दै बालबालिकाको स्वास्थ्य शिक्षा लगायतको विषयमा प्रत्येक नेपाली संवेदनशील हुन आवश्यक छ । बालमैत्री स्थानीय शासन भनेको राज्यका लागि गरिदिएको कर्मकाण्डी नभई तथ्यपरक जीवनोपयोगी र लगानीको सुरक्षित शुरुवात पनि हो । चेतनाको परिणाम पनि हो । राज्यले के वृृद्धा के बालक सबैको उत्तिकै सम्मान गर्दै आएको छ ।

बालबालिकाहरु परिवारबाट, समाजबाट पनि सुरक्षित हुने र बालबालिका माथि अपहेलना, दुव्र्यवहार गर्नेहरु विरुद्धको कानुन पनि बनेको छ । जसले समाजबावद उन्मुख छ है नेपाल भन्ने संकेत गर्दछ । समाजवाद हुनेखानेको लागि मात्र होइन । हुँदा खानेहरुका लागि पनि हुनु पर्छ । जो स्वतन्त्र पूर्वक, न्याय पूर्वक, सम्मानपूर्वक बाँच्न र अरुलाई पनि जिउनका लागि बाटो खुल्ला गर्छ । जसको प्रतिविम्ब पनौती नगरपालिका वडा नं. २ र ३ ले देखाएको छ । यो दीगो विकासको उच्चतम् नमूना हो । बालबालिकाहरु लक्षित ३९ वटा सूचांकहरु पार गरी अगाडि बढ्नु ख्याल होइन । मानविय सूचांक पार गर्न सक्नु नै ठूलो उपलब्धि हो । त्यसैले राज्यले घोषणा गरेको सुखी नेपाली, समृद्ध राष्ट्रको कल्पना पूरा हुने तर्पm उन्मूख भएको एउटा कसी यो पनि भएको स्मरण गराउनु हुँदै मन्त्री बास्कोटा थप्नु हुन्छ, बच्चाहरुलाई अभिभावकले धनी होइन, राम्रो बन्न प्ररित गरिदिनु होला । इमान्दार बन्नु पर्छ भन्ने सिकाउन आग्रह समेत गर्दै धनी मात्रै बन्नु पर्छ भन्ने संस्कारले सुख दिँदैन । श्रम गर्नु हुँदैन, होइन, श्रम सक्दो गर्नु पर्छ । श्रमले मात्रै सन्तुष्टि प्राप्त हुन्छ । त्यसैले अभिभावकले श्रम र संस्कृतिका बारेमा आप्mना बालबच्चाहरुलाई गहन रुपमा बुझाउन आवश्यक छ । सभ्यता र संस्कृति समाजले सिकाउछ ।

स्कुलले सिकाउँदैन । त्यसैले आधारभूत ज्ञान बालकले घरबाटै सिक्छन् । तसर्थ शिक्षा समाजले दिन्छ । औपचारिकता विद्यालयबाट प्राप्त हुन्छ । विद्यालयले दिने शिक्षा औपचारिक शिक्षा हो । स्कुलले दिन सिप हुन्छ । समाजले दिन ज्ञान हुन्छ भन्नु हुँदै विषय प्रसंग विकास तर्पm जोड्दै मन्त्री बास्कोटाको थप तर्क थियो–अब ग्वार्खाे चौकीडाँडा सम्म सहायक राजमार्ग फिलिलि हुन्छ । यहाँ अरु केही जोड्नु छैन । यति नै काफी होला । पर्खनु पर्छ, जनताका माझ व्यक्त गरेका वाचााहरु क्रमशः पुरा हुँदै छन् । जसले पनि भन्ने गर्छ यो मुलुक सतीले सरापेको भनेर म भन्छु प्रकृतिको बरदान हो । मात्रै हामीले अलिकती संयमता अपनाउन सक्नु प¥यो । अब बारीको डिलमा मात्र होइन, सडकको किनारमा पनि फलपूmल र तरकारीका बोट लगाउनु प¥यो । यदि यसो गर्न सकियो भने फलफुल र तरकारीका नाउँमा विदेशिएको करोडौं रकम बचत हुन्छ । त्यो रकम अन्य क्षेत्रमा लगानी गर्न सकिन्छ । जसले मुलुकको आर्थिक वृद्धिदरमा समायोजन गर्ने बाटो खुल्दछ । कसैले आरती गर्दैमा सरकार डेक चल्दैन । ठूलो बलीदानबाट प्राप्त उपलब्धि खेर जाने छैन । पाँच वर्ष यो सरकार ढुक्कले चल्छ । चित्त नबुझे पाँच वर्ष पछिको परिणाम स्वीकार्न तयार रहेको मन्त्री बास्कोटाको टिप्पणी थियो ।

कार्यक्रमका अर्का बक्ता प्रदेश सभासद बसुन्धारा हुमागाई बालमैत्री स्थानिय शासन घोषणाको लागि आवश्यक पर्ने जुनसुकै किसिमको सहयोग गर्न प्रदेश सरकार तयार रहेको चर्चा गर्नु हुँदै ग्वार्काे–चौकी डाँडा सडकको मापदण्ड १५ मिटर कायम हुने ठोकुवा गर्दै ११ मि.को पिच र बाँकी ४ मिटर अरु प्रयोजनको लागि रहने गरी मापदण्ड तयार भएकोले सडकको दायाँबायाँ घर जग्गा पर्ने नागरिकहरुले प्रष्ट भए हुन्छ । १५ मिटरको मापदण्ड तलमाथि हुँदैन । अन्यथा नसोच्न होला भन्दै नेता हुमागाइले प्रष्ट पार्दै उक्त सडक मुलुकुको सहायक राजमार्गको रुपमा लागत विनियोजन भईसकेको समेत खुलाषा गर्नु भयो । कार्यक्रममा प्रदेश विकास परिषद् सदस्य कुमार थापा बालमैत्री घोषणा भइरहँदा यस भित्रका ३९ वटा सुचांक भित्र वातावरणलाई पनि ख्याल राख्न आग्रह गर्दै हराभरा स्वस्थ वस्तीको अवधारणा सहित अगाडि बढ्न सुसुचित गर्दै थापाको थप कथन थियो–सरकारका बारेमा आएका नकारात्मक चर्चाहरु तथ्यहीन रहेको, त्यस किसिमका भ्रमहरु चिर्नु हामी विकासे कार्यकर्ताहरुको दायित्व भएको समेत थापाले जिकिर गर्नु भयो ।

सामाजिक अभियन्ता क्याप्टेन रामेश्वर थापा बत्तीमुनिको अँध्यारो चिर्दै आएको खुशी प्रति चर्चा गर्दै ग्वार्खाेबाट १९ कि.मि.को दुरीमा रहेको यो वस्तीले अब काँचुली फेर्दैछ । त्यसका लागि नागरिकको तहबाट खेल्नु पर्ने भूमिका र निभाउनु पर्ने दायित्व निर्वाह गर्ने वचन वद्धता व्यक्त गर्दै आप्mनो बालापनको बारेमा चर्चा गर्नु भएको थियो । आजका बालबालिका भालिका यो देशका कर्णाधार हुन् । उनीहरुलाई दीर्घकालीन प्रभावकारीताको बारेमा सिकाइनु आवश्यक छ । बालबालिकाहरुलाई पनि नैतिकताको पाटो र जिम्मेवारीको बारेमा गम्भिर हुन घचघच्याउँदै क्याप्टेन थापा थप्नु हुन्छ–आजका युवा दायित्व, कर्तव्य र जिम्मेवारीबाट भागिरहेका छन् । यो संस्कार हाबी भएको छ । मात्रै उनीहरुलाई अधिकारका कुरा मात्रै सिकाइएका छन् । नैतिकताको पाठ ओझेलमा पारिएको छ । त्यसैले अधिकार मात्र सबथोक होइन । त्यसको पछाडि जिम्मेवारी पनि जोडिएको हुन्छ । त्यो जिम्मेवारी पूरा ग¥यौं कि गरेनौं भनेर आजका युवाले बुभ्mन जरुरी छ । सम्मान दिन स्थानमा सम्मान र आदर र सहानुभूतिको बारेमा बुभ्mन पनि आवश्यक छ । त्यसका बारेमा गम्भिरतापूर्वक लिनु महत्वपूर्ण पाटो हुन आउँछ । बालबालिकाहरुका लागि तयार गरिएका ३९ वटा सुचांकले यि कुराहरु संबोधन ग¥यो गरेन त्यो मेरो विषय रहेन । त्यसैले यो अवसरलाई उपयोग गर्दै जतिपनि अभिव्यक्त भएका अभिव्यक्तिहरु छन् त्यसलाई समाय सापेक्ष ढंगबाट लिनु हुनेछ भन्नु हुँदै अभियानको सुरुवात भएको छ । यसलाई स्थापित गर्न निकै चुनैति छ भन्ने मलाई लाग्छ भन्नु हँुदै सामाजिक अभियन्ता क्याप्टेन थापाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका अर्का वक्ता नेपाल नगरपालिका संघका अध्यक्ष धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु हाम्रो विकासको आधाभूत आवश्यकता नै परिपूर्ती भएको छैन । आज हामीले जुन उपलब्धि हासिल गरिरहेको सुखद अवसरलाई चुनौतिका रुपमा लिन आवश्यक छ । नेपाल सरकारले संयुक्त राष्ट्र संघमा बाल अधिकार सम्बन्धि जुन महासन्धी गरेको छ त्यसैको प्रतिविम्वको रुपमा आज हामी यहाँ आइपुगेका छौं । बाल अधिकारका कुरा गर्छाैं तर आप्mना छोराछोरीका बारेमा परिपक्व नागरिक बनाउने तर्पm आप्mनो दायित्व के हो भन्ने बुझेन । त्यसैले आज हामी अरुले घचघच्याइदिएको बाटोमा बल्ल अगाडि बढेका छौं । यसैको पहिलो पाइलो हुनु पर्छ बालमैत्री स्थानिय शासन । यसका पछाडि बालबालिकाहरुलाई भोलि कसरी जिम्मेवार बनाउने भन्ने स्वार्थ जोडिएको छ । त्यसैले सक्षम जनशक्ति बनाउन कै लागि पनि यो अभियान यो अठोट अनि यो दायित्व तपाइ हामी सबैको हो । त्यसैले बालबालिकाको लागि लगानी गर्न कन्जुस्याँइ नगरौं । जसले समृद्ध मुलुक बनाउन महत्वपूर्ण भूमिका खेल्छ भन्नु हुँदै नगर प्रमुख व्याञ्जु थप्नु हुन्छ–युनिसेफको सहयोगमा नेपालका सबै नगरपालिकाहरुले यस्ता किसिमका चेतनामुलक कार्यक्रमहरु अगाडि बढाउन लागि परेको बाताउनु भयो ।

कार्यक्रममा नागरिक अभियन्ता एवं मानव अधिकार कर्मी भोजराज तिमल्सिना बालमैत्री स्थानिय शासन घोषणाका तामझामले गरियो । तर यसको दीगोपनका लागि यो भन्दा पनि धेरै खट्नु पर्छ यदि त्यसो गर्न सकिएन भने यसको कुनै अर्थ रहँदैन भन्नु हुँदै अहिलेपनि मुलुकमा ६४ प्रतिशत बालिकाहरु बालकहरुबाटै बलात्कृत भएका तथ्यहरु बाहिरिएका छन् । मापदण्ड अथवा सुचांकहरु ठाउँ वा भूगोल अनुसार तलमाथि हुन सक्छन् । यसका बारेमा गहिरो बहस र छलफल गरिराख्न आवश्यक छैन । आवश्यक छ त दीगोपन र निरन्तरता अनि मानव अधिकारको सवालमा को कति जिम्मेवार र¥यो भन्ने बारेमा बहस चल्न आवश्यक छ । बालमैत्री स्थानिय शासन घोषणा गरेर अप्mनो जिम्मेवारी पुरा भयो भन्ने नसोच्नु होला । जिम्मेवारी थपिएको चाहि हो भन्नु हुँदै मानव अधिकारकर्मी तिमल्सिनाको थप कथन थियो – भोलिका दिनमा यिनै कुराहरुलाई लिएर आलोचनाको खेति नहोस् भन्नु भयो ।

कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, नेपाल पत्रकार संघका अध्यक्ष मोतिराम तिमल्सिना, बाल सञ्जाल नगर समिति अध्यक्ष सरिता सापकाटा, जिल्ला अध्यक्ष रञ्जन पौडेल, सर्मिला आचार्य, सिमा सापकोटा, लगायतले बाल अधिकार र बालमैत्री स्थानिय शासनका बारेमा चर्चा गरेका थिए । शनिबार आयोजित संयुक्त बालमैत्री वडा घोषणा कार्यक्रममा बालबालिकाहरुसँग सम्बन्धित विभिन्न कार्यहरु प्राप्त भएको उद्घोष संगसँगै राजनीतिक प्रतिवद्धताहरु आएका थिए । अब सामुदायिक विद्यालयका छात्राहरुले निःशुल्क रुपमा सेनेटरी प्याड, बालबालिकाहरुले पूर्णरुपमा खोप पाएको हुनेछ र ती वडाहरुमा बालश्रम हुने छैन ।

बालमैत्री वडा घोषणा हुनका लागि पूरा हुनु पर्ने ३९ वटा सुचांक पूरा गरेसंगसगै पनौती नगरपालिका वडा नं. २ र ३ शनिबारबाट बालमैत्री वडा घोषणा भएका छन् । बाल अधिकार संगै बालबालिकाले पाउने आधारभूत अधिकार प्रदान गरेको वडा नंं. १२ ले यस अघि नै बालमैत्री वडा घोषणा भईसकेको छ । उक्त वडा काभ्रे जिल्ला कै पहिलो बालमैत्री वडा बन्न सफल भएको थियो ।

कार्यक्रमको अध्यक्षता पनौती नगरपालिका वडा नंं २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम सम्बन्धि प्रतिवेदन वडा अध्यक्षहरु पुरुषोत्तम अधिकारी र किशोर थापाले वाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कृष्ण थापाले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न स्थानिय विद्यालयहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुग गर्नु भएको थियो भने राष्ट्रिय स्तरका गायक तथा संगितकारहरुको समेत बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम संचालन हुनु पूर्व पनौती नगरपालिका वडा नं. ३ को सालिकेबाट बाजा गाजा सहितको ¥याली सभास्थल पुगी दीप प्रज्वलित गरी सभामा परिणत भएको थियो ।