प्रभातफेरी अनलाइन ७३२८ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २१, मंगलबार (६ साल अघि)
कविता
मेरो देश
मिर्मिरेको चरीको चिर्बिर चिर्बिर आवाज संगै
उषाको लाली छाइसकेछ क्षितिजमा
सुनौला ती भानुकिरण
जब मेरो ओछ्यानमा आएर मलाई स्पर्श गर्छन
तब मेरो निद खुल्छ
आङ तान्दै उठेर नियाल्छु
त्यो क्षितिजको मनमोहक दृष्य
मनमनै भन्छु
आहा १ मेरो देश ।।
शुरु हुन्छ मेरो नित्यकर्म
शुभबिहानी मेरो देश ।।
ती सुनौला किरणसंगै हाँसेका
सगरमाथा , कन्चन्जङ्घा , गणेश हिमाल
कठै१ तिनलाई पनि त होला पीडा मनमा
जसका मुटु रसाएर बगेका
ती मेची , कोशी अनि कर्णाली
खुसी मा बगिदिन्छन कन्चन अनि शालिन बनेर
दुस्खमा बगाइदिन्छन उर्लँदो भेल बनेर
जस्तो परिवेश उस्तै चल्छ मेरो देश
आहा १ मेरो देश ।।
प्रकृति पनि सरै अजीव
कतै बनाइदियो उजाड मरुभूुमि
जहाँ एउटा वृक्ष सम्म पनि देख्न पाइन्न रे
भएको एकमुट्ठी प्राण बचाउने पानी छैन रे
तर , म सारै भाग्यमानी
जसले सुन्दर हरियालिको काखमा
जन्म लिन पाएकि छु ।
यहि प्रकृतिसंग भलाकुसारी गर्दै
नाच्दै , उफ्रँदै , उनकै काखमा रमाउँदै
जीवन बिताउन पाएकि छु ।
सगरमाथाको सानले मेरो शिर विश्व सामु
उच्च राख्ने मौका मिल्यो मलाई
यसैमा गर्व छ ,
नेपाली हुनुमा गर्व छ मलाई ,
आहा१ मेरो देश ।।
मेरो मात्र होइन
सम्पुर्ण वीर नेपालीको देश
नेपालीको शान
बुद्धको जन्मभुमी
भृकुटी अनि जानकी माताको देश
गर्व छ मलाइ आज
यस्तो पबित्र भूमिमा जन्मिएको मा
आज बिश्वसामु शिर उच्च राख्दै
छाती फुलाएर गर्वका साथ भन्न सक्छौँ
हामी वीर नेपाली
अनि हाम्रो जन्मभूमी नेपाल
आहा१ मेरो देश ।।
लक्ष्मी आचार्य
इटहरी, सुनसरी ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |