पाँचखाल-पाँचखाल उपत्यका र आसपासको व्यक्तित्वहरुको सहभागितामा २०५३ बैसाख ७ गतेबाट संञ्चालनमा आएको मित्र बचत तथा ऋण सहकारी संस्था र ०६१ सालबाट कारोवार सुरु गरी २०६२ साल मंसिर २४ गतेबाट बिधिवत रुपमा संञ्चालनमा आएको आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था मर्च भई एकै स्थानबाट कारोबार गर्ने भएको छ ।
दुई संस्था बिच सस्था एकीकरण का लागि एकीकरण कार्यबिधि २०७० अनुसार बमोजिम सम्झौता भएको छ । आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज सापकोटा र मित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रीनाथ लुइँटेल बाट एक आपसमा सम्झौता पत्रमा हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ । दुबै सस्थाको एकीकृत कारोबार आगामी मङ्सिर १ गतेबाट संचालन हुने गरी सहमती भएको जानकारी प्राप्त भएको छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |