logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

आर्थिक विकास र मित्र बचत एकै ठाउंमा

प्रभातफेरी अनलाइन५१९३ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३१, मंगलबार(६ साल अघि)
आर्थिक विकास र मित्र बचत एकै ठाउंमा

पाँचखाल-पाँचखाल उपत्यका र आसपासको व्यक्तित्वहरुको सहभागितामा २०५३ बैसाख ७ गतेबाट संञ्चालनमा आएको मित्र बचत तथा ऋण सहकारी संस्था र ०६१ सालबाट कारोवार सुरु गरी २०६२ साल मंसिर २४ गतेबाट बिधिवत रुपमा संञ्चालनमा आएको आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था मर्च भई एकै स्थानबाट कारोबार गर्ने भएको छ ।

दुई संस्था बिच सस्था एकीकरण का लागि एकीकरण कार्यबिधि २०७० अनुसार बमोजिम सम्झौता भएको छ । आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज सापकोटा र मित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रीनाथ लुइँटेल बाट एक आपसमा सम्झौता पत्रमा हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ । दुबै सस्थाको एकीकृत कारोबार आगामी मङ्सिर १ गतेबाट संचालन हुने गरी सहमती भएको जानकारी प्राप्त भएको छ ।