Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साना तथा मझौला उद्योगहरु नै सम्वृद्धिका आधार हुन्- वैद्य

प्रभातफेरी अनलाइन ६७५१ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ३०, बिहिबार (३ साल अघि)
साना तथा मझौला उद्योगहरु नै सम्वृद्धिका आधार हुन्- वैद्य

बनेपा/बेरोजगार महिलाहरुलाई लक्षित गरेर दक्ष जनशक्तिका रुपमा उत्पादन र उपयोग गर्ने उद्देश्य सहित बिहीबारदेखि सञ्चालनमा आएको विनायक पार्लर एण्ड इन्टरनेशनल टे«निङ्ग सेन्टर प्रालिको आज एक समारोहबीच शुभारम्भ गर्नुहुँदै युवा व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले साना तथा मझौला उद्योग नै समृद्धिका आधार हुन् । मुलुकबाट बेरोजगार अन्त्य गर्ने हो भने साना तथा मझौला उद्योग खोल्न राज्यले प्रोत्साहन दिनुको विकल्प नभएको बताउनुभएको छ ।

संयुक्त रुपमा रिबन काटेर बनेपा नगरपालिका वडा नं. ५ घोगेचौरमा रहेको उक्त ट्रेनिङ्ग सेन्टरको व्यवसायी द्वय सुरकृष्ण वैद्य र काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले शुभारम्भ गर्नुभएको थियो । उक्त उद्घाटन सम्बन्धी प्रतिक्रिया दिने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले यस किसिमका तालिम केन्द्रहरु मुलुकका लागि पहिलो रोजाइमा पर्नुपर्ने बताउनुभएको छ । जुन उद्देश्यसहित विनायक पार्लर आएको छ, यसले सफलता प्राप्त गर्ने छ भन्ने विश्वास आफूले लिएको प्रतिक्रिया दिनुभएको छ ।

त्यसैगरी कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले प्रभातफेरी अनलाइनको जिज्ञासा मेटाउँदै बनेपा नगर व्यवसायी नगरीका रुपमा स्थापित भएता पनि यस्ता खाले रोजगारमूलक साना तथा मझौला उद्योगको अभाव खड्किएको अवस्थामा विनायक पार्लरले त्यो अभावलाई पूरा गर्ने आशा राखेका छौं भन्नुभयो ।

कार्यक्रममा विनायक पार्लरका प्रोपाइटर ललिता पाण्डेको कथन थियो– अहिले सैलुन र पार्लरको क्षेत्रमा हामीहरु परजीवि बनिसकेको अवस्था एकातिर छ भने अर्काेतर्फ दैनिक सयौं युवायुवती रोजगारीको नाममा खाडी मुलुकमा भासिँदै छन् । यो अवस्था हाम्रो यस सानो प्रयास कोशेढुंगा सावित हुने देखेको उहाँले बताउनुभएको छ ।

प्रोपाइटर पाण्डेको थप कथन थियो– विनायक पार्लरले विशेष गरी महिला दक्ष जनशक्ति उत्पादन गर्नेछ । उत्पादन पश्चात रोजगारी समेत दिने अठोटका साथ यो टे«निङ्ग सेन्टर सञ्चालनमा ल्याएका छौं । यस पार्लरमा महिलाहरुले पुरुषहरुका लागि पार्लर सम्बन्धी सम्पूर्ण कामहरु गर्नेछन् भन्नुहुँदै पाण्डे थप्नुहुन्छ, विनायक पार्लरले अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय कोर्षहरु गराउने छ, जसले स्वदेशमा मात्र नभई विदेशमा समेत रोजगारी प्राप्त गर्ने अवसर मिल्नेछ । जसबाट नेपाली युवतीहरुको रोजगारीका नाउमा विदेशिने संस्कारको न्यूनिकरण हुनुको साथै पार्लर सम्बन्धी परनिर्भरताको अन्त गर्ने जमर्काे यो टे«निङ्ग सेन्टरले लिएको प्रोपाइटर पाण्डेले भन्नुभयो ।

उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायत युवा व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संयोजन काभ्रे उद्योग वाणिज्य संघका महासचिव कैलाश पलाञ्चोकेले गर्नुभएको थियो भने कार्यक्रममा समन्वय युवा व्यवसायी सविनभक्त कायस्थले गर्नुभएको थियो ।

सञ्चालकहरुको भनाइअनुसार शुभारम्भको अवसरमा पार्लरले विभिन्न अफरहरु राखेको बताउनुहुँदै तालिममा सहभागीहरुलाई ५० प्रतिशत छुट, जसमा युवती तथा गृहिणीहरुलाई पार्लर सम्बन्धी तालिम लिन सहज हुने बताउनुहुँदै अहिले बजारको मूल्यमा भन्दा विनायक पार्लरमा कस्मेटिकका सामानहरु होलसेल मूल्यमै ५० प्रतिशत सम्म छुट गर्नुको साथै ब्युटिसियन र हेन्समका अल सोलुसन हुने प्रतिबद्धता समेत सञ्चालकले गर्नुभएको छ ।

  • साना तथा मझौला उद्योगहरु नै सम्वृद्धिका आधार हुन्- वैद्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0