logo
२०८३ अषाढ १२, शुक्रबार |
📰
🔍

स्वरोजगारमा आकर्षित हुन, कोसेढुंगा सावित भयो ब्युटिसियन तालिम

प्रभातफेरी अनलाइन५५४० पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण १४, बुधबार(५ साल अघि)
स्वरोजगारमा आकर्षित हुन, कोसेढुंगा सावित भयो ब्युटिसियन तालिम

सविता न्यौपाने
धुलिखेल/बेरोजगार दलित युवतीहरुलाई लक्षित गरी जिल्ला घरेलु कार्यालय मार्फत् भगत सर्तजित सीप कार्यक्रमका बिच प्रविधि सम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ ।

आधारभूत तालिम अन्तर्गत ४५ दिन लगाएर ब्युटिसियन तालिम प्राप्त गरेपश्चात् सहभागीहरुका लागि स्वरोजगारका लागि आवश्यक पर्ने सामानहरु एक समारोह बिच वितरण भएको छ । उक्त कार्यक्रममा श्रृंगार गृह सञ्चालनका लागि आवश्यक पर्ने सीपसहित सम्पूर्ण औजार जिल्ला घरेलु कार्यालय मार्फत् प्राप्त भएकोमा ब्युटिसियन रिता विश्वकर्माको तर्क थियो– बालापन देखि नै यो पेशाप्रति चासो थियो तर सीप र आर्थिकका कारण चाहना हुँदाहुँदै पनि दबाएर बसिरहेको थिएँ, पछि परेका थियौं । आज आएर त्यो सपना जिल्ला घरेलु कार्यालयले पूरा गरिदिएको छ । म लगायत मेरो टिमले प्राप्त गरेको सीपले म मात्र स्वरोजगार बन्दिनँ, मेरो जस्तै सपना बुनेका जो कोहिका लागि पनि सारथी बन्नेछु भन्ने प्रण गर्दछु भन्नुहुँदै म बेरोजगार थिएँ, अब स्वरोजगारी भएको छु । भन्नुपर्दा, अब म आफ्नै खुट्टामा उभिनसक्ने सीप हासिल गरेको छु । यसका लागि जिल्ला घरेलु कार्यालयप्रति आभार व्यक्त गर्दछु भन्नुहुन्छ ब्युटिसियन विश्वकर्मा ।

पछिल्लो समयमा आएर जुन कार्य जिल्ला घरेलु कार्यालयले गर्दै आएको छ, यो कार्य यथार्थमै अनुकरणीय भएको ब्युटिसियन विश्वकर्माको धारणा थियो । यसरी तालिम पश्चात् प्रविधि ग्रहण गर्नेहरुमा पाँचखाल नगरपालिका वडा नं. ४ निवासी सिर्जना विश्वकर्मा, अन्जना विश्वकर्मा, रिता विश्वकर्मा र उषा विश्वकर्मा रहेको प्रशिक्षक बन्दना विश्वकर्माले बताउनुभएको छ ।

यता जिल्ला घरेलु कार्यालयका उद्यम विकास सहजकर्ता (प्राविधिक) रविन्द्र चौलागाईंका अनुसार प्राप्त कोटा अनुसार गत वर्ष विभिन्न विधामा ८१ जना उद्यमीहरुलाई प्रशिक्षित गरिएको थियो । सो मध्ये २१ जना उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । लामो समयदेखि प्रशिक्षकको रुपमा कार्य गर्दै आउनुभएका प्रशिक्षक बन्दना विश्वकर्माका अनुसार कोभिड–१९ का कारण सोचेजति प्रशिक्षार्थीहरु सहभागी गराउन नसकेकोमा आत्मग्लानी भएको बताउनुभएको छ । सम्बन्धित संस्थाले १० जना दलित महिलाहरुका लागि भनी पठाएको योजनामा ४ जना महिलाहरुलाई मात्र सरिक बनाउन सकियो । यसले गर्दा आफूलाई अझै पनि समाजमा चेतनाको अभाव रहेको तर्क राख्नुभएको थियो ।