Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वरोजगारमा आकर्षित हुन, कोसेढुंगा सावित भयो ब्युटिसियन तालिम

प्रभातफेरी अनलाइन ४९८१ पटक पढिएको प्रकाशित मिति: २०७७ श्रावण १४, बुधबार (२ साल अघि)
स्वरोजगारमा आकर्षित हुन, कोसेढुंगा सावित भयो ब्युटिसियन तालिम

सविता न्यौपाने
धुलिखेल/बेरोजगार दलित युवतीहरुलाई लक्षित गरी जिल्ला घरेलु कार्यालय मार्फत् भगत सर्तजित सीप कार्यक्रमका बिच प्रविधि सम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ ।

आधारभूत तालिम अन्तर्गत ४५ दिन लगाएर ब्युटिसियन तालिम प्राप्त गरेपश्चात् सहभागीहरुका लागि स्वरोजगारका लागि आवश्यक पर्ने सामानहरु एक समारोह बिच वितरण भएको छ । उक्त कार्यक्रममा श्रृंगार गृह सञ्चालनका लागि आवश्यक पर्ने सीपसहित सम्पूर्ण औजार जिल्ला घरेलु कार्यालय मार्फत् प्राप्त भएकोमा ब्युटिसियन रिता विश्वकर्माको तर्क थियो– बालापन देखि नै यो पेशाप्रति चासो थियो तर सीप र आर्थिकका कारण चाहना हुँदाहुँदै पनि दबाएर बसिरहेको थिएँ, पछि परेका थियौं । आज आएर त्यो सपना जिल्ला घरेलु कार्यालयले पूरा गरिदिएको छ । म लगायत मेरो टिमले प्राप्त गरेको सीपले म मात्र स्वरोजगार बन्दिनँ, मेरो जस्तै सपना बुनेका जो कोहिका लागि पनि सारथी बन्नेछु भन्ने प्रण गर्दछु भन्नुहुँदै म बेरोजगार थिएँ, अब स्वरोजगारी भएको छु । भन्नुपर्दा, अब म आफ्नै खुट्टामा उभिनसक्ने सीप हासिल गरेको छु । यसका लागि जिल्ला घरेलु कार्यालयप्रति आभार व्यक्त गर्दछु भन्नुहुन्छ ब्युटिसियन विश्वकर्मा ।

पछिल्लो समयमा आएर जुन कार्य जिल्ला घरेलु कार्यालयले गर्दै आएको छ, यो कार्य यथार्थमै अनुकरणीय भएको ब्युटिसियन विश्वकर्माको धारणा थियो । यसरी तालिम पश्चात् प्रविधि ग्रहण गर्नेहरुमा पाँचखाल नगरपालिका वडा नं. ४ निवासी सिर्जना विश्वकर्मा, अन्जना विश्वकर्मा, रिता विश्वकर्मा र उषा विश्वकर्मा रहेको प्रशिक्षक बन्दना विश्वकर्माले बताउनुभएको छ ।

यता जिल्ला घरेलु कार्यालयका उद्यम विकास सहजकर्ता (प्राविधिक) रविन्द्र चौलागाईंका अनुसार प्राप्त कोटा अनुसार गत वर्ष विभिन्न विधामा ८१ जना उद्यमीहरुलाई प्रशिक्षित गरिएको थियो । सो मध्ये २१ जना उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । लामो समयदेखि प्रशिक्षकको रुपमा कार्य गर्दै आउनुभएका प्रशिक्षक बन्दना विश्वकर्माका अनुसार कोभिड–१९ का कारण सोचेजति प्रशिक्षार्थीहरु सहभागी गराउन नसकेकोमा आत्मग्लानी भएको बताउनुभएको छ । सम्बन्धित संस्थाले १० जना दलित महिलाहरुका लागि भनी पठाएको योजनामा ४ जना महिलाहरुलाई मात्र सरिक बनाउन सकियो । यसले गर्दा आफूलाई अझै पनि समाजमा चेतनाको अभाव रहेको तर्क राख्नुभएको थियो ।

  • कोसेढुंगा सावित भयो ब्युटिसियन तालिम
  • स्वरोजगारमा आकर्षित हुन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0