Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कानूनको निष्पक्ष कार्यान्वयन सम्झौताविहीन विषय हो ः महानिरीक्षक थापा क्षेत्री

प्रभातफेरी अनलाइन ५६१३ पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन ३०, शुक्रबार (२ साल अघि)
कानूनको निष्पक्ष कार्यान्वयन सम्झौताविहीन विषय हो ः महानिरीक्षक थापा क्षेत्री

धुलिखेल । ६५ औं प्रहरी दिवस–२०७७ को अवसरमा अमर प्रहरी स्मारकमा सलामी अर्पण सहित पुष्प गुच्छाले सम्मान गरिएको थियो । उक्त सम्मानपश्चात् प्रहरी उपरीक्षक रवि पौडेलद्वारा प्रहरी प्रधान कार्यालयको निर्देशन जे आयो, त्यही अनुरुप कार्यक्रम सञ्चालन गर्दै आजको यो पावन अवसरमा प्रहरी ऐन सार्वजनिक भएको दिनलाई प्रहरी दिवसको रुपमा मनाउँदै आएका छौं । यो दिन नेपाल प्रहरीमा सेवा गर्नेहरुको लागि गौरवको दिन हो ।

त्यसैले उपस्थित सम्पूर्ण जनहरुमा शब्दद्वारा सम्मान व्यक्त गर्दै स्वागत गर्न चाहन्छु भन्नुहुँदै प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६५औं प्रहरी दिवस २०७७ को अवसरमा दिनुभएको सन्देश वाचन गर्नुभएको थियो ।

सन्देशमा भनिएको छ– ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई व्यावसायिक सफलता, पारिवारिक सुख एवं सुखद् भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सन्देश वाचन गर्र्दै सेवा निवृत्त अग्रज, अन्य प्रहरी कर्मचारीहरू, प्रहरी परिवार, अमर तथा शहीद प्रहरीका परिवारजनमा समेत हार्दिक शुभकामना व्यक्त गरेको सन्देश प्रवाह प्र.उ. पौडेलले वाचन गर्नुभएको थियो ।

यस विशिष्ट क्षणमा मातृभूमिका सेवाका खातिर प्राण उत्सर्ग गर्ने वीर तथा अमर प्रहरीको बलिदानको उच्च सम्मान गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यसैगरी कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवं मानसिक क्षति बेहोर्नु भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, कोभिड–१९ महामारीको संक्रमण रोकथामका लागि अग्रपंक्तिमा खटिंदा सङ्क्रमित हुनु भएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य लाभको कामना समेत गर्दछु भन्दै नेपाल प्रहरीको गौरवमय इतिहास र सुनौलो भविष्य रहेको छ । चुनौतीसँग जुध्ने र अन्याय वा अपराधलाई निर्मूल पार्ने सामर्थ्य हामीमा छ । विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक निष्ठावान् सदस्यहरूको समर्पण भावले नेपाल प्रहरीको गरिमा चुलिएको छ । उक्त गरिमालाई जोगाई राख्न हरेक प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिनु हुनेछ यही नै प्रहरी दिवसको उचित सन्देश हो भन्ने मलाई लागेको छ ।

कानूनको निष्पक्ष कार्यान्वयन सम्झौताविहीन विषय हो, जसले न्याय र सुरक्षाको प्रत्याभूत गर्दछ । त्यसै गरी गैर व्यावसायिक आचरण व्यवहार र कुनै पनि अपारदर्शी गतिविधि सह्य हुनै नसक्ने पक्ष हुन, यी पक्षहरूको अभावमा मात्र हाम्रा सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुनेछन् । सोही जगमा प्रहरीले जन विश्वास आर्जन गर्न सक्ने हुँदा यसतर्फ संवेदनशील रहन महानिरीक्षक थापा क्षेत्रीले सकल दर्जाका प्रहरी कर्मचारीलाई निर्देश समेत गर्नुभएको उल्लेख गरिएको थियो ।

अन्तमा प्र.उ. पौडेलले महानिरीक्षक थापा क्षेत्रीले परिवर्तनहरूलाई आत्मसात् गर्दै रूपान्तरणका लागि तपाइहरू तत्पर रहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनःएक पटक संगठनका सम्पूर्ण सदस्यहरूलाई प्रहरी दिवस २०७७ को अवसरमा बधाई सहित आआफ्नो कार्य क्षेत्रमा मन, वचन र कर्मले समर्पित रहन थप प्रेरणा मिलोस् भन्दै शब्दद्वारा प्रहरी उपरीक्षक पौडेलमार्फत् शुभकामना दिनुभएको उल्लेख गर्नुभएको थियो ।

उक्त महानिरीक्षक थापा क्षेत्रीको सन्देश वाचनपश्चात् कार्यक्रमलाई औपचारिक रुपमा सम्मानतर्फ केन्द्रित गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0