Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राज्यको कमजोरी, कालाबजारियाको मौलाउने अवसर

प्रभातफेरी अनलाइन ४२३३ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ११, मंगलबार (२ साल अघि)
Post Thumbnail

नेपाल एक बहु धार्मिक, बहु साँस्कृतिक परम्पराको धरोहरको रुपमा विश्वमा चिनिँदै आएको छ । जसको प्रतिबिम्ब महान् पर्व वडा दशैंलाई लिन सकिन्छ । जहाँ कुनै धर्म, लिंग, जात भनिँदैन । सबैले आ–आफ्नो गक्षअनुसार मनाउँदै आएका छन् । मान्यजनहरुबाट आशिर्वाद लिनु नै यो पर्वको महत्वपूर्ण पक्ष रहेको छ ।
महान् पर्वका रुपमा मान्दै आएको वडा दशैंलाई कालाबजारियाहरुले कमाउ साधनको रुपमा लिएको उपभोक्ताहरुको गुनासो छ । राज्यको कमजोर उपस्थितिको कारण उपभोक्ताहरु ठगिँदै आउने क्रम यो वर्ष पनि रोकिएन । बजार अनुगमनका अनगिन्ती नाटकहरु मञ्चन भए तर मध्य चहलपहल हुने समयमा कालाबजारियाले अवसर लिए । बजारमा कुनै पनि सामानको मूल्य स्थिर थिएन । जसका कारण उपभोक्ताहरु ठूलो मारमा परे । नखाउँ त दिनभरिको सिकार, खाउँ त कान्छा बाउको अनुहार भनेजस्तै उक्तिको सिकार भए । कुनै पनि वस्तुको भाउ स्थिर नहुँदा उपभोक्ताहरुको छनौट भएको बजेटले सोचेको कुराहरु टालटुल गर्न पनि पुगेन । यो अवस्थामा सम्बन्धित सरोकारवाला निकाय बेखबर रह्यो । जसले विधिको शासनको खिल्ली उडाएको महसुस नेपाली जनताहरुले मनन् गर्न पुगे ।
कोभिड–१९ का कारण लथालिङ्ग भएको नेपाली अर्थतन्त्रमा एकछत्र राज गरेका कालाबजारियाहरुले यसैलाई उपयोग गर्दै आय आर्जनको बलियो स्रोत बनाए । जसको सिकार नेपाली जनता हुन पुग्यो । कोरोना भाइरसको सन्त्रास एकातिर भने अर्काेतर्फ चर्काे बजार मूल्यले कतिका घरमा चूलो बलेनन् । यो यथार्थ पिडा कसले सुनिदिने ? मुलुकका कुना कन्दरामा रहेका नागरिकले एक छाक मिठो मसिनो खाने कल्पना पनि कल्पनामै सीमित भयो । यो दर्दनाक कथा कसलाई सुनाउने ? यो अवस्थामा राज्यका सञ्चालकहरु अझै पनि धमिलो पानीमा माछा मार्न तल्लीन भएको देख्दा ति पिडित नागरिकले नै कठै ! भन्ने अवस्था आएको छ । यो अवस्था सिर्जना गरेर राज्यले आफूलाई निकम्मा सावित गर्दै छ । तसर्थ, तत्काल जिम्मेवार पक्षहरुलाई यि घटनाक्रमका बारेमा स्पष्ट पार्न यसै पत्रिकामार्फत् हामीले ध्यानाकर्षण गराएका छौं ।
हाम्रो आग्रह छ, नेपाली नागरिकप्रति जिम्मेवार बन्दैनौ भने तिमीहरुलाई सत्ताको बागडोर सम्हाल्ने हैसियत पनि नेपाली जनताले दिनुपर्छ भन्ने छैन । त्यसैले सरोकारवाला निकाय जनउत्तरदायी बन्न सकोस्, यही हाम्रो आग्रह छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    सम्पत्ति छानविनको विकल्प छैन

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0