Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

राज्यको कमजोरी, कालाबजारियाको मौलाउने अवसर

प्रभातफेरी अनलाइन ४७८४ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक ११, मंगलबार (५ साल अघि)
Post Thumbnail

नेपाल एक बहु धार्मिक, बहु साँस्कृतिक परम्पराको धरोहरको रुपमा विश्वमा चिनिँदै आएको छ । जसको प्रतिबिम्ब महान् पर्व वडा दशैंलाई लिन सकिन्छ । जहाँ कुनै धर्म, लिंग, जात भनिँदैन । सबैले आ–आफ्नो गक्षअनुसार मनाउँदै आएका छन् । मान्यजनहरुबाट आशिर्वाद लिनु नै यो पर्वको महत्वपूर्ण पक्ष रहेको छ ।
महान् पर्वका रुपमा मान्दै आएको वडा दशैंलाई कालाबजारियाहरुले कमाउ साधनको रुपमा लिएको उपभोक्ताहरुको गुनासो छ । राज्यको कमजोर उपस्थितिको कारण उपभोक्ताहरु ठगिँदै आउने क्रम यो वर्ष पनि रोकिएन । बजार अनुगमनका अनगिन्ती नाटकहरु मञ्चन भए तर मध्य चहलपहल हुने समयमा कालाबजारियाले अवसर लिए । बजारमा कुनै पनि सामानको मूल्य स्थिर थिएन । जसका कारण उपभोक्ताहरु ठूलो मारमा परे । नखाउँ त दिनभरिको सिकार, खाउँ त कान्छा बाउको अनुहार भनेजस्तै उक्तिको सिकार भए । कुनै पनि वस्तुको भाउ स्थिर नहुँदा उपभोक्ताहरुको छनौट भएको बजेटले सोचेको कुराहरु टालटुल गर्न पनि पुगेन । यो अवस्थामा सम्बन्धित सरोकारवाला निकाय बेखबर रह्यो । जसले विधिको शासनको खिल्ली उडाएको महसुस नेपाली जनताहरुले मनन् गर्न पुगे ।
कोभिड–१९ का कारण लथालिङ्ग भएको नेपाली अर्थतन्त्रमा एकछत्र राज गरेका कालाबजारियाहरुले यसैलाई उपयोग गर्दै आय आर्जनको बलियो स्रोत बनाए । जसको सिकार नेपाली जनता हुन पुग्यो । कोरोना भाइरसको सन्त्रास एकातिर भने अर्काेतर्फ चर्काे बजार मूल्यले कतिका घरमा चूलो बलेनन् । यो यथार्थ पिडा कसले सुनिदिने ? मुलुकका कुना कन्दरामा रहेका नागरिकले एक छाक मिठो मसिनो खाने कल्पना पनि कल्पनामै सीमित भयो । यो दर्दनाक कथा कसलाई सुनाउने ? यो अवस्थामा राज्यका सञ्चालकहरु अझै पनि धमिलो पानीमा माछा मार्न तल्लीन भएको देख्दा ति पिडित नागरिकले नै कठै ! भन्ने अवस्था आएको छ । यो अवस्था सिर्जना गरेर राज्यले आफूलाई निकम्मा सावित गर्दै छ । तसर्थ, तत्काल जिम्मेवार पक्षहरुलाई यि घटनाक्रमका बारेमा स्पष्ट पार्न यसै पत्रिकामार्फत् हामीले ध्यानाकर्षण गराएका छौं ।
हाम्रो आग्रह छ, नेपाली नागरिकप्रति जिम्मेवार बन्दैनौ भने तिमीहरुलाई सत्ताको बागडोर सम्हाल्ने हैसियत पनि नेपाली जनताले दिनुपर्छ भन्ने छैन । त्यसैले सरोकारवाला निकाय जनउत्तरदायी बन्न सकोस्, यही हाम्रो आग्रह छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0