Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनताका माझ घोषणा गरिएका कार्यक्रमहरु क्रमशः सम्बोधन हुँदै जानेछन् -सांसद दोङ्ग

प्रभातफेरी अनलाइन ५६३८ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर ११, बिहिबार (५ साल अघि)
जनताका माझ घोषणा गरिएका कार्यक्रमहरु क्रमशः सम्बोधन हुँदै जानेछन् -सांसद दोङ्ग

खुबनाथ दुलाल
खानीखोला/काभ्रे जिल्लाको कर्णाली भनेर वर्णन गरिने खानीखोला गाउँपालिका वडा नं. ६ ले गाउँपालिकामा सञ्चालित योजनाहरुका बारेमा सार्वजनिक सुनुवाइ गरेर गाउँवासीलाई सुसूचित गर्ने काम गरेको छ ।

गाउँपालिकाको देउरालीमा भएको सार्वजनिक सुनुवाइ, समिक्षा तथा बिकास निर्माणमा आगामी योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । उक्त अन्तरक्रियामा स्थानीय जनता र जनप्रतिनिधिबीच संवाद भएको थियो । वडा नं. ६ मा पर्ने साविक सबै वडाका जनताको सहभागीता रहेको उक्त कार्यक्रमलाई संघीय सांसद गंगाबहादुर दोङ (बमध्वज) ले निर्वाचनको क्रममा आफू र आफ्नो पार्टीले जनतासमक्ष गरेको प्रतिबद्धता विस्तारै पूरा गर्दै जाने उद्घोष गर्नुभएको थियो । कार्यक्रममा थप सम्बोधन गर्ने क्रममा सांसद दोङ्गको कथन थियो– हामीले मुख्यतयाः यहाँको पहिलो आवश्यकता र समस्यालाई सम्बोधन गर्ने भनेका थियौं । सोही अनुसार काम अगाडि बढीरहेको छ । हामीले खोपासी तालढुंगा सडक निर्माण सम्पन्न गर्ने भनेका थियौं, आज तालढुंगामा गाडी आइपुगेको छ । विद्युतको राष्ट्रिय लाइन विस्तार गरेर विद्युतिकरणको कामलाई अगाडि बढाउँछौं भनेका थियौं, सो काम धमाधम भइरहेको छ । च्याल्टी, दयागाउँ, तालढुंगा सडक निर्माण गर्ने भनेका थियौं, यो पनि अन्तिम चरणमा पुगेको छ । यसैगरी सांसद दोङ्गले खोपासी तालढुंगा सडक अब स्तरोन्नति द्रुत रुपमा हुनेछ । यो सडक राजनीतिक सडक हो, अब कुनै पनि मूल्यमा यसको स्तरोन्नतीका साथमा ग्राबेल र पिच हुनेछ । डाँडापारीका जनताले अब ढुक्कसँग बाह्रै महिना गाडी चढ्न पाउनेछन् ।

सम्बोधनकै क्रममा सांसद दोङ्गको टिप्पणी थियो– केही विरोधीहरुले कम्युनिष्ट सरकार र सांसदले केही पनि गरेन भन्ने भ्रम फैलाईरहेकोले यस्तो भ्रमको पछि नलाग्न जनतालाई अनुरोध समेत गर्न पछि पर्नुभएन । केही मान्छेहरु भ्रमको खेती गर्न तल्लिन भएको आफूले महसुस गरेको भन्दै वर्तमान सरकार र सांसदले केही पनि गरेन भनेर भ्रम फैलाएको पाइएको छु । तपाईं नागरिकहरु यस्तो भ्रमको पछि नपर्नुहोला भन्न समेत सांसद दोङ्गले कार्यक्रममा भ्याए । हामीले केही पनि नगरेको भए खोपासी तालढुंगामा गाडी कसरी पुग्यो ? विद्युतिकरणको काम तिब्र गतिमा कसरी भइरहेको छ ? हरेक बस्तीमा सडक सञ्जाल कसरी पुग्यो ? खानेपानीको ठूलो–ठूला योजना कसरी कार्यान्वयन हुँदै छन् ? बुझ्न जरुरी भएको सांसद दोङ्गको टिप्पणी थियो ।

हिजोको एउटा गाविस आज एउटा वडामा परिणत भएको छ । हिजो मुस्किलले २० लाख बजेट हुने गरेको बताउँदै उहाँले आज ३ करोड भन्दा बढी बजेट आएको बताए । हिजो मुस्किलले साल्धारा गाबिसमा जो आज ६ नं. वडा छ २० लाख बजेट आउँथ्यो तर आज यो वडालाई ३ करोड बजेट आएको छ । संघियताले जनताको करेसामा बिकास ल्याएको चर्चा गर्नुहुँदै सांसद दोङ्ग थप्छन्– आज हामी कुन ठाउँमा रहेका छौं, आगामी दिनहरुमा जनताको माग र आवश्यकता बमोजिम आफू सधैं लागिपर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

उक्त कार्यक्रममा संविधान सभा सदस्य तथा नेकपा वागमती प्रदेश कमिटी सदस्य रामहरि सुवेदीले विभिन्न समस्या आएपनि विकास निर्माण सन्तोषजनक रहेको बताए । समस्याहरु धेरै आउँछ, आएको पनि छ, तर विकास निर्माण सन्तोषजनक रहेको छ । सभासद् सुवेदीले भन्नुभयो– यहाँको जनप्रतिनिधले गर्व गर्न लायकको काम गरेका छन्, हामी हल गोरु हौं, जोतिन्छौं, तपाईंको साथ र सहयोग चाहिन्छ ।

सुवेदीले थप्नुभयो– जनप्रतिनिधि विकासको इन्जीन भएको बताउँदै व्यवसायीक शिक्षामा जोड दिए । विकासको इन्जीन भनेको जनप्रतिनिधि हो । कर्मचारी हो, प्राविधकहरु हो । जनताको कुराहरु हो । उहाँले भन्नुभयो– अब व्यवसायीक शिक्षाको आवश्यकता छ । अब विकास तपाईंहरुको हातमा छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले तिखो टिप्पणी गर्दै “खुट्टा तान्नेहरु धेरै भएपनि आफूहरु सफल हुँदै गएको बताएका छन् । खुट्टा तान्नेहरु धेरै छन्, तैपनि हामी सफल भएका छौं ।” बिकास निर्माणका बिषयमा हामीलाई सल्लाह सुझाव दिनु होला अध्यक्ष खुलालले थप्नुभयो । अब यो वर्ष योजना कार्यन्वयनमा ढिलाई भएको छ तर हामी उपभोक्ता समिति चाँडै गठन गरेर अगाडि बढ्ने छौं ।

निकट भविष्यमै डाँडापारी क्षेत्रलाई दुरसञ्चारको पहुँचमा सहज रुपमा जनतासम्म पु¥याउन फोर्जी ल्याउन लागेको बताउँदै त्यसको लागि डाँडागाउँ र असनचुलिमा टावर निर्माण गर्ने जानकारी समेत अध्यक्ष खुलालले कार्यक्रममा गराउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले वडा भित्र सम्पन्न भएको र चालु योजनाहरुको बारेमा चर्चा गरेका थिए । वडामा व्यवसायीक कफि खेतीलाई प्रबद्र्धन गर्न लागेको बताए । यो वर्ष मात्रै वडाका किसानहरुले ३ करोड रुपैयाँ बराबरको कफि उत्पादन गरेकोले अब यसको प्रवद्र्धनको लागि १ लाख विरुवा उत्पादन गरेर किसानहरुलाई वितरण गर्न लागेको बताए ।

वडामा बृहत खानेपानी योजना पनि कार्यन्वयन हुन लागेको जानकारी दिनुभएको थियो । ४ सय ५० घरधुरीको लागि खानेपानीको व्यवस्था गर्दै छौं । करिब ९ करोड रुपैयाँको यो योजना शुरु भइसकेको छ । वडा अध्यक्ष गोलेले भन्नुभयो– यो वर्ष ६ करोड रुपैयाँको काम हुँदै छ ।

वडा अध्यक्ष गोलेले एकीकृत छ्याङछ्याङ खोला खानेपानी योजनालाई सम्पन्न बनाउन सबैमा आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य दैवलाल घिसिङ, गाउँपालिका उपाध्यक्ष रुकमिनी गुरुङले पनि मन्तव्य राख्नुभएको थियो ।

वडा अध्यक्ष गोलेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनलाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य बिरेन ब्लोन, कार्यपालिका सदस्य निलबहादुर पहरी लगायतले कार्यक्रमको बारेमा चर्चा गरेका थिए । वडा सदस्य राधिका बिकले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव रेशम थापाले गरेका थिए ।

  • जनताका माझ घोषणा गरिएका कार्यक्रमहरु क्रमशः सम्बोधन हुँदै जानेछन् -सांसद दोङ्ग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0