Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

२ वटा गाडी सहित ४४ लाख मूल्य बराबरको अवैध मालसामान बरामद

प्रभातफेरी अनलाइन ६४३६ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ १४, बुधबार (२ साल अघि)
२ वटा गाडी सहित ४४ लाख मूल्य बराबरको अवैध मालसामान बरामद

उर्मिला यादव
परासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट अवैध कारोबारमा संलग्न २ वटा चार पांङग्रे गाडी सहित ४४ लाख ६५ हजार ५ सय ८४ मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज  बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढीपिडित स्थित भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा. ९२३१ नम्बरको अनटेस्ट कारलाई चेक जांच गर्दा उक्त गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको मारोटी , डेटाइम रनिंग ल्याम्प , ग्रिप ब्लाक स्टेरिंग स्विफट , हुइल र्आच वाइ वन के
लगायतका मोटर पार्टस फेला पारी गाडी सहित ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त मोटर पार्टस  सामानको  मुल्य करीब  ८४ हजार ६ सय ५० र  अनटेस्ट गाडीको  अन्दाजी मुल्य ३० लाख गरी कुल  ३० लाख ८४ हजार ६ सय ५० मुल्य बराबर रहेको प्रहरीले जनाएको  छ । बरामद सामान र गाडी आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलील भारतबाट भन्सार छली अवैध रुपमा लु १ ज ४२७९ नम्बरको पिकअपमा राखि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं. ७ मोजरैया बाट गाडी र  गाडी चालक सहित नियन्त्रणमा लिएको छ  । उक्त टायलको मुल्य १ लाख २४ हजार ८ सय र पिकअप गाडीको अन्दाजी मुल्य ९ लाख गरी १० लाख २४ हजार ८ सय मुल्य बराबर रहेको प्रहरीले जनाएको  छ । बरामद टायल,गाडी र गाडी चालकलाई आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले  भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, गरम मसला लगायतका मालसामान बर्दघाट नगरपालिका वडा नं. ७ ज्यामिरेभार बाट बरामद गरेको जनाएको छ ।
त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट  खटिएको प्रहरी टोलीले
भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ९ हजार १ सय मुल्य बराबरको जेसिबीका बिभिन्न पार्टपुर्जा, थाल,  ढोकाको कब्जा , चिनी, सुर्ती लगायतका मालसामान सरावल गाउँपालिका वडा नम्बर  ७ बुलन्दपुर बाट बरामद गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १९ हजार ६ सय मुल्य बराबरको ४९ गोटा (९८ केजी) जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १६ हकुई बाट  बरामद गरेको जनाएको छ ।  बरामद भएको कुखुरा आजै आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाईनमा बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0