Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मालपोत कार्यालयप्रति सेवाग्राहीको हेराईमा आकर्षण ल्याउँछु -प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन ६१३० पटक पढिएको प्रकाशित मिति: २०७७ माघ २१, बुधबार (५ साल अघि)
मालपोत कार्यालयप्रति सेवाग्राहीको हेराईमा आकर्षण ल्याउँछु -प्रमुख भण्डारी

स्थानीय सरकारलाई ६० प्रतिशत राजश्व बुझाउँदै आएका छौं, स्थानीय तह भने भूमि व्यवस्थापनको सवालमा योजना विहिन छ

धुलिखेल/बिहीबार धुलिखेलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मालपोत कार्यालय धुलिखेलका प्रमुख लोकबहादुर भण्डारीले मालपोत कार्यालयप्रति सेवाग्राहीको हेराईलाई सकारात्मक गन्तव्यको रुपमा अगाडि बढाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ ।

मालपोतमा भनेपछि सेवाग्राही होस् वा अन्यले जान नपरे हुन्थ्यो भन्ने किसिमको मानसिकतालाई परिवर्तन गर्दै सेवाग्राही र कर्मचारीको लागि आकर्षक गन्तव्यको रुपमा परिमार्जन गर्ने प्रणका साथ लागिपरेको बताउनुभएको छ । आफूले मालपोत कार्यालय काभ्रेलाई राष्ट्रिय स्तरमै छुट्टै सकारात्मक पहिचान दिने कार्यालयको रुपमा स्थापना गर्ने लक्ष्य सहित कार्यभार सम्हाल्न आएको अन्तरक्रियामा स्मरण गराउनुभएको थियो ।

हिजो के भएका थिए, ति गतिविधिले जुन किसिमको सेवाग्राहीले हेर्ने छवि बन्यो त्यसलाई चिर्दै मुलुककै नमूनायोग्य मालपोत कार्यालयका रुपमा स्थापित गराउने प्रणसहित आएको छु । यिनै लक्ष्य प्राप्तिका लागि यस कार्यालयबाट प्रवाह हुने कामहरुलाई उच्च प्राथमिकता दिँदै अगाडि बढिरहेको पनि प्रमुख भण्डारीले पत्रकारमाझ खुलासा गर्नुभएको छ । कार्यालयबाट हुने सबै कामहरु अब एकद्वार नीतिअन्तर्गत प्रवाह हुनेछन् । जसले सेवाग्राहीले खेप्दै आएका समस्याहरु अन्त्य हुनेछन् भने कार्यालयप्रति लाग्दै आएको आरोप सदाको लागी मेटिनेछ । त्यसैले पनि सेवाग्राहीको आकर्षक थलोको रुपमा यस कार्यालयलाई अगाडि बढाउने प्रयत्न गर्नेछु ।

हिजोदेखि चल्दै आएको परम्परावादी कागजी श्रेस्ता प्रणालीलाई अब डिजिटलाजिङ गर्न थालेसँगै सेवामा छिटोछरितो हुने विश्वास आफूले लिएको पत्रकार अन्तरक्रियामा बताउनुभएको छ । सेवाग्राहीहरुलाई मर्यादित, व्यवस्थित र पारदर्शी ढंगबाट सेवा प्रदान गर्नका लागि डिजिटल टोकन प्रणालीको व्यवस्था छिट्टै गर्न गइरहेको र सेवाग्राहीहरुको लागि सुरक्षित निःशुल्क वाइफाईको व्यवस्थाका साथै समय बिताउनको लागि टिभीको समेत व्यवस्था गर्न लागिपरेको जानकारी गराउनुभएको छ ।

एकद्वार प्रणाली अन्तर्गत एक कर्मचारी, एक कम्प्युटर, चिठी, निवेदन, दर्ता, चलानी लगायतका सेवा एउटै कार्यकक्षबाट हुनेछ भने कार्यालयमा कार्यरत कर्मचारी सेवाग्राहीहरुका लागि प्रतिक्षालय, सभा हल, स्तनपान कक्ष, चमेना गृह, शौचालय लगायतका सुविधाहरु सहजै प्राप्त गर्न सकिने गरी व्यवस्थापन गर्न लागिएको छ । मुलुककै उत्कृष्ट मालपोत कार्यालय हुने विश्वास आफूले लिएको प्रमुख भण्डारीले बताउनुभएको थियो । सबै स्थानीय तहहरुले भू–उपयोग नीति र जग्गा वर्गीकरण सम्बन्धी नीति बनाई योजनागत ढंगबाट मालपोत कार्यालयले दिने सेवामा सहजीकरण गर्नुहुनेछ भन्ने विश्वासका साथ महाभारत गाउँपालिका र भुम्लु गाउँपालिकाबाट जनतासँग मालपोत कार्यक्रम लिएर बस्तीहरुमा जाने समेत कार्यक्रममा बताउनुभएको थियो ।

काभ्रेका सेवाग्राहीहरुले तिरेको शुल्कहरुको जानकारी दिने क्रममा प्रमुख भण्डारीले २०७७ पुससम्म बागमती प्रदेश अन्तर्गत काभ्रे जिल्लाका स्थानीय तहमा ११ करोड २८ लाख १३ हजार ५ सय ७५ पठाइएको बताउनुभएको छ । जसअन्तर्गत बनेपा नगरपालिका ५ करोड ६१ लाख २१ हजार ९ सय ८०, धुलिखेल नगरपालिका २ करोड ६४ लाख २६ हजार ४ सय, पनौती नगरपालिका ३ करोड ७८ लाख ४५ हजार २ सय ३५, पाँचखाल नगरपालिका २ करोड ३० लाख ९० हजार ६ सय ७९, नमोबुद्ध नगरपालिका ८८ लाख ६८ हजार ३ सय ९५, मण्डनदेउपुर नगरपालिका १ करोड ४१ लाख ३४ हजार ७ सय ९३, बेथानचोक गाउँपालिका १० लाख ४८ हजार ८ सय ६४, खानीखोला गाउँपालिका ४ लाख २१ हजार १ सय ५०, रोशी गाउँपालिका ८ लाख ४३ हजार ४ सय १८, तेमाल गाउँपालिका २ लाख १३ हजार ३ सय ४१, महाभारत गाउँपालिका २ लाख ६७ हजार ७०, भुम्लु गाउँपालिका ६ लाख ९ हजार ५ सय ३६ र चौंरीदेउराली गाउँपालिकामा ३ लाख २९ हजार ४५ गरी बागमती प्रदेश र काभ्रे जिल्लाका १३ वटै पालिका गरी कुल २८ करोड २० लाख ३३ हजार ६ सय ८८ राजश्व संकलन गरेर बाँडफाँड गरेको समेत कार्यक्रममा प्रमुख भण्डारीले जानकारी गराउनुभएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, लेखापढी कानून व्यवसायी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष रोशन श्रेष्ठ, वरिष्ठ मालपोत अधिकृत एवं सूचना अधिकारी टंकप्रसाद चौलागाईं लगायतले हालको मालपोतको अवस्थाको बारेमा चर्चा गर्दै आ–आफ्ना धारणाहरु राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन आईटी प्रमुख रामभक्त हुमागाईंले गर्नुभएको थियो ।

यसैबीच रोशी गाउँपालिकाले आफ्नो हिउँदे अधिवेशनको अवसरमा शुक्रबारबाट भू–सेवा केन्द्रको स्थापना गर्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो । सोही सम्बन्धमा रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामासँग सम्पर्क गर्दा प्रमुख मालपोत अधिकृत र आफूले संयुक्त रुपमा भू–सेवा केन्द्रको शुभारम्भ गरिसकेको जानकारी प्रभातफेरी साप्ताहिकलाई गराउनुभएको छ । यसभन्दा अघि पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकाले भू–सेवा केन्द्र स्थापना गरी आ–आफ्नो नगरका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिसकेको जानकारी गराइएको थियो ।

 

  • मालपोत कार्यालयप्रति सेवाग्राहीको हेराईमा आकर्षण ल्याउँछु -प्रमुख भण्डारी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0