logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

लेखनवृत्ति सम्मानबाट दर्जनौं सम्मानित

प्रभातफेरी अनलाइन४८९३ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार(५ साल अघि)
लेखनवृत्ति सम्मानबाट दर्जनौं सम्मानित

काठमाडौं । पुनर्निर्माणसम्बन्धी लेखनवृत्तिमा सहभागी सञ्चारकर्मीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रमका प्रमुख अतिथि एवमं राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै सत्य तथ्य समाचार सम्प्रेशणमा जोड दिन आग्रह गर्नुभएको थियो ।
सूचनाको हक कार्यान्वयन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सहजै सूचना पाउन नसके सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न आग्रह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भूकम्प पछिको पुननिर्माणको अवस्थाबारे सत्य तथ्य समाचार सम्प्रेषण गरी सुसुचित गर्ने उत्कृष्ट १४ जना पत्रकारहरु सम्मानित भएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कोषाध्यक्ष किरण थापाले यस्ता लेखनवृत्ति सम्मानले पत्रकारहरुलाई हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र भुसालले पत्रकारहरुलाई पत्रकार आचारसंहितामा ध्यान दिन आग्रह गर्नुहुँदै नेपाल पत्रकार महासंघमा महासचिव रमेश बिष्टले प्राकृतिक विपत्तिले ठूलो पाठ सिकाएको भन्दै विपदका बेलामा समचार सम्प्रेसण गर्ने सम्बन्धमा तालिमको आवश्यकता रहेको बताउनुभएको थियो ।
नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोगमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुननिर्माण कार्य सम्वन्धमा सत्य तथ्य समाचार सामग्री प्रवाह गरिरहेका पत्रकारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मानबाट सञ्चारकर्मीहरु सम्मानित भएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका वरिष्ठ अधिकृत बविता शर्माले पुरस्कार औचित्यकाबारेमा धारणा राख्नुभएको थियो । पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा सिन्धुलीबाट राजकुमार कार्की, धादिङबाट नवराज छत्कुली, दोलखाबाट उषा तामाङ्ग, गोरखाबाट भिमलाल श्रेष्ठ, रसुवाबाट अनु कुमारी आचार्य, सिन्धुपाल्चोकबाट दुर्गा आचार्य, नुवाकोटबाट शर्मिला उप्रेती, मकवानपुरबाट सम्झना रिजाल, ओखलढुंगाबाट शिव प्रसाद ढुंगाना, काभ्रेबाट मोतीराम तिमल्सिना, रामेछापबाट जानुका पौडेल, ललितपुरबाट रामहरी कार्की, भक्तपुरबाट सम्झना पौडेल र काठमाण्डौँबाट विद्या राई सम्मानित गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।