logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

लायन्सको जिम्मेवारीमा हुमागाईं

प्रभातफेरी अनलाइन६४७९ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ४, मंगलबार(५ साल अघि)
लायन्सको जिम्मेवारीमा हुमागाईं

काभ्रे । “Nurture the future ” भन्ने मूल नाराका साथ सन् ०२१/२२ को यात्रालाई आत्मसाथ गर्दै अगाडि बढ्ने क्रममा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर (३२५ बि१) वर्ष २०२१/०२२ को अध्यक्ष पदमा सर्वसम्मत सञ्चारकर्मी एवं लायन प्रल्हाद शर्मा हुमागाईं निर्वाचित हुनुभएको छ ।
आइतबार भएको निर्वाचनमा हुमागाईं सर्वसम्मत हुनुभएको हो । अन्तर्राष्ट्रिय स्तरको सामाजिक संस्थाको रुपमा स्थापित संस्था अन्तर्गत लायन्स क्लबहरुमध्येको लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरले आफ्नो स्थापनाकाल देखि नै छुट्टै पहिचान राख्दै आएको चार्टर प्रेसिडेन्ट रामकुमार बस्नेतले बताउनुभएको छ ।

लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरले सामाजिक क्षेत्रमा छुट्टै पहिचान राख्न सफल भएको चर्चा गर्नुहुँदै मानवीय सेवामा समर्पित क्लबले सामाजिक सेवामा समेत चोटिलो पहिचान राख्न सफल भएकै कारण आज यस किसिमको वातावरण निर्माण भएर यो अवस्थामा पनि क्लबप्रति युवाहरुको झुकाव बढेको बस्नेतको दाबी थियो ।
उक्त भेलाबाट फस्र्ट भी.पी. ई. लायन सितु सैंजू, सेकेण्ड भी.पी. ई. लायन भरत बञ्जारा, थर्ड भी.पी. लायन डायमण्ड थापा, सेक्रेटरी लायन मनोज बस्नेत, ट्रेजर लायन कुमार हुमागाईं लगायत २० सदस्यीय कार्यसमिति चयन भएको छ । यो समितिले सन् ०२१÷२२ का लागि सामाजिक रुपमा आफ्नो उपस्थिति विगतका वर्षभन्दा पनि उत्कृष्ट रुपमा पेश गर्ने विश्वास आफूले लिएको चार्टर प्रेसिडेन्ट बस्नेतले अपेक्षा राखेको खुलासा गर्नुभएको छ ।
स्मरण रहोस्, लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरको पहलमा गोरखनाथ मन्दिर प्रांगणमा झण्डै ६० लाख बराबरको लागतमा पञ्चधातुद्वारा निर्मित नौ फिट अग्लो गणेश मूर्ति र पार्कले स्थायित्व प्राप्त गरेको छ । जसबाट आन्तरिक रुपमा धार्मिक, पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास क्लबले लिएको छ ।