Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असंवैधानिक कदमका विरुद्ध आन्दोलनको विकल्प छैन

प्रभातफेरी अनलाइन ३९४९ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
Post Thumbnail

सम्माननीय राष्ट्रपतिबाट संविधान बमोजिम बैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको छ ।
राष्ट्र प्रमुखद्वारा मध्यरातमा जुनकिसिमको कदम चालिएको छ, त्यो नेपाली जनताको लागि पाच्य हुँदैन । सत्ता र शक्तिको आडमा जुनकिसिमका हर्कतहरु भएका छन्, त्यसबाट तत्काल त मुक्ति मिल्ला तर कालान्तरमा गएर अभिशाप सिद्ध हुनेछन् । जसबाट नेपाली आकाशमा संघीयतामाथि नै कालो बादल नमडारिएला भन्न सकिन्न ।
जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको छ । अस्पतालमा बेड र अक्सिजन चाहिएको छ । यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै सम्मानीय राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार हो ।
यस किसिमको प्रहारलाई लिएर नागरिक समाजलाई आवाज उठाउनु स्वभाविक हो । अहिले मुलुक कोभिडका कारण शिथिल अवस्थामा पुगेको छ । नागरिकहरुले कोभिड विरुद्धको भ्याक्सिन आर्थिक अभावका कारण लगाउन पाइरहेका छैनन् तर सत्ता अरबौं अरब खर्च गरेर निर्वाचन गर्ने ढ्वाङ फुकिरहेको छ । निर्वाचनमा लाग्ने खर्चलाई भ्याक्सिन किन्नमा प्रयोग गर्ने हो भने नेपाली जनताको लागि राहत हुनेथियो तर जुन गतिविधि सत्ताबाट भयो, त्यसले नेपाली जनताभन्दा सत्ता र शक्ति प्यारो देखाए । यसबाट राजनीतिक घटनाक्रमप्रति नेपाली जनतामा निराश मात्र छाएको छैन कि वितृष्णाको जग समेत बसालिदिएको छ । जसबाट आगामी दिनहरुमा नेतृत्वप्रति तल्लो स्तरका नागरिकहरुले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको आम नागरिकको बुझाइ छ । यो अवस्थामा जुन घटनाक्रमहरु राजनीतिमा देखिएको छ, त्यो नेपाली जनहरुबाट पक्कै पनि क्षम्मे हुने छैन । तसर्थ, सम्मानित व्यक्तित्वहरुले राष्ट्र, राष्ट्रियता र गणतन्त्रका सवालमा लिइने निर्णयहरुले पार्ने दूरगामी प्रभावका बारेमा ख्याल पु¥याउनु बुद्धिमानी ठहरिन्छ । यदि यस किसिमको कमी कमजोरीलाई हलुका रुपमा लिइयो भने राजनीतिप्रति वितृष्णा जाग्नु स्वभाविक मानिन्छ ।
राष्ट्रपतिबाट पछिल्ला दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन् । संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुपर्ने विधिलाई लत्याएर जुन कदम चालिएको छ, त्यो नै असंवैधानिक कदम हो । त्यसको विरोध गर्नु न्यायसंगत रहेको हाम्रो ठहर छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0