Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वर्णिम धुन भर्दै गरेका लाकोजुका मुक्तकहरुमा घोत्लिंदा

प्रभातफेरी अनलाइन ७८५८ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (४ साल अघि)
स्वर्णिम धुन भर्दै गरेका लाकोजुका मुक्तकहरुमा घोत्लिंदा

प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे

सूर्यप्रसाद लाकोजु । कवि, बाल कथाकार, साहित्यिक पत्रकार, अनुसन्धानदाता, शिक्षक यसरी बहुआयामिक छन् लाकोजु । हालसम्म उनका विभिन्न विधाका करिब दुई दर्जन कृति प्रकाशित भईसकेका छन् । साहित्यिक गतिविधिमा सत्प्रयास उनको महत्वपूर्ण पाटो हो । नेपालीभाषा, साहित्यलाई उनी अत्यन्तै माया गर्छन् । यस अघि भावनाका फूलहरु (२०५४), फूलहरुको मेला (२०६७), शास्वत स्वरहरु (२०७५) मुक्तक संग्रह प्रकाशित गरेका सूर्यप्रसादको हालै स्वर्णिमका धुन मुक्तक संग्रह प्रकाशित भएको छ । एक सय एकवटा मुक्तकहरु समावेश भएको यो संग्रह पनौती साहित्य समाजले प्रकाशित गरेको हो । मुक्तकमा पनि लाकोजु राम्रै जमेका छन् ।
मुक्तक भन्ना साथ कविताको सानो रुप बुझिन्छ । मुक्तकले अत्यन्तै थोरै शब्दमा धेरै कुरालाई उजागर गर्दछ । यो अहिले साहित्यको स्वतन्त्र विधाको रुपमा लोकप्रिय छ । यसले भावलाई पोख्छ । यसमा चतुष्पदीय हरफ रहेको हुन्छ । तुक प्रयोग गरेर पहिलो र दोस्रो हरफ लेखिन्छ भने तेस्रो हरफ स्वतन्त्र हुन्छ । अन्तिम हरफ पहिलो र दोस्रोसँग मिलेको हुनुपर्छ । भनाईको मतलब कुनै पनि मुक्तकको पहिलो हरफले मुक्तकमा लेखिने विषयवस्तुको उठान गरेको हुन्छ, यसको समर्थनमा दोस्रो हरफ रहन्छ र तेस्रो हरफले स्वतन्त्र रुपमा मुक्तकको पृष्ठभूमी उजागर गर्छ र अन्त्यमा चौथो हरफले वजनदार झड्का दिन्छ । अन्त्यानुप्रास मिलेमा मात्र मुक्तक बन्छ । मुक्तकमा कमभन्दा कम शब्द प्रयोग गर्नु राम्रो मानिन्छ ।


यस स्वर्णिमको धुनमा कतै सूर्यप्रसाद लाकोजु वर्तमान फोहोरी राजनीतिप्रति दिक्क भएर तिखो प्रहार गर्छन् आफ्ना मुक्तकमार्फत भने कतै वर्तमान समयको स्थार्थ, जालझेलको बारेमा बोल्छन् । सर्वसाधारण आम मान्छेका पीडाको आगो ओकल्छन् । सर्वसाधारण मान्छेहरुलाई भरेंग बनाएर सत्तारोहण गर्ने नेताहरु सत्तासिन भएसंगै आफ्ना बाचावन्धन भुलेर स्वार्थको आहालमा पौडि खेलिरहेको यथार्थलाई उनले मुक्तकको विषय बनाएका छन् । पदासिन भएपनि विचारको ढर्रा पुरातन भएकैले जनताले दुःख खेपिरहेको यथार्थलाई सबै सामु राख्छन् उनी । पात्र जो कोहि भएपनि परिपाटी, व्यवहार, आचरण र प्रवृत्ति उही भएकोले जनता मारमा परेको उनको ठम्याई छ । चुनावमा मात्र खोक्रा आश्वासन बाँड्ने नेपाली नेताहरुको फेरिएको बोली र ब्यवहारले मुक्तककारलाई दिक्क बनाँउछ । मै खाउँ मै लाउँ अरु सब मरुन दुर्वलहरु भन्ने कवि शिरोमणी लेखनाथ पौडेलको कविता हरफको चरितार्थ गरेकोमा कविमन उद्धेलित हुन्छ ।
कद अग्लियो तर विचार अग्लिएन
ढुंगा पग्लियो तर मन पग्लिएन
रगतमै बग्ने रहेछ हैकमवादी सोच
पात्रबदलियो तर प्रवृत्तिबदलिएन । (पृष्ठः८८)
लाकोजु समसमायिक नेपाली परिवेश, राजनीति, विचार दर्शन, ब्यक्तिका स्वार्थपना लगायतका विषयमा मुक्तक मार्फत ब्यँगप्रहार गर्छन् । यसरी प्रवृत्तिगत रुपमा भन्ने हो भने स्वर्णिम धुनमा भएका प्रायः मुक्तकहरु ब्यँग प्रधान देखिन्छन् । सामाजिक उत्तरदायित्ववाट कुनै पनि सचेत मान्छे पर भाग्न मिल्दैन् स्वर्णिमका धुनमा पनि उक्त उत्तरदायित्ववोध गरेर विकृत मानसिकतामाथि चर्काे प्रहार गर्छन् ।
विकासका पक्षधर मुक्तककारलाई नेपालको विकासे परिपाटीदेखि दिक्क लाग्छ । पहिलेदेखि चलिआएको बजेट पचाउने, सकाउने मेलोमा हुने विकास जो कोही नेपालीलाई थाहा छ, आर्थिक वर्षको समाप्त हुने बेला विकासहरु धमाधम हुन्छन् । असारे विकासको प्रवृत्ति हामी जो कोहिलाई थाहै छ । दशौं महिनासम्म चुप बस्ने अनि असारमासमा पैसो रोकिने भएकोले विकास गरिटो पलेर पैसा पचाउनेहरुप्रति लक्षित बडो यथार्थबादी र समसमायिक मुक्तक पेश गर्छन् यसरी लाकोजु ः
तारा भएको मसँग सिंगो आकाश छ
अध्याँरोमा नदेखिने मसँग प्रकाश छ
भन्नेले जे सुकै भनून् कसले मुख टाल्न सक्छ
कतै नभएको मसँग असारे विकास छ । (पृ.१२)
कुनै पनि कुराले छोएपछि मात्र लेख्छन् लाकोजु । विषयको गहिराईमा पुगेर कुनै पनि कुराको अनुभुतिले मात्र लेख्छन् । राजनीति, जनताका अभाव गरिवी, पीडा, प्रेम आदि विषयमा उनका मुक्तक छन् । राजनीतिक रुपमा चाँडो चाँडो परिवर्तन भएको देखे भोगेका उनी आर्थिक रुपमा गरिवी अभाव र भ्रष्टाचारको विपक्षमा उभिएका छन् । प्रेम, प्रेमिल भाव, जनताको मनोब्यथालाई मुक्तकमा बोल्दछन् । उनका मुक्तकमा देशप्रेम पनि पोखिएको छ । युगबोधका दृष्टिले वलिष्ठ लाग्छन् मुक्तक । वर्तमान कोरोना कहरले आक्रान्त विश्व परिवेशलाई पनि यहाँ समेटेका छन् ।
उनी आफ्ना मुक्तकहरुलाई लयात्मकताले पुष्ठ पार्न खप्पिस छन् । भाषिक शब्द चयनले मुक्तकमा मिठास भर्न सिपालु छन् । थोरै शब्दमा धेरै आशय ब्यक्त गर्नसक्नु मुक्तकको विशेषता मानिन्छ । यो दृष्टिले उनका मुक्तक सार्थक लाग्छन् । समय चेतले सान्दर्भिक, राजनीतिक अस्तब्यस्तता प्रतिको तिखो छेडखान, मानविय भाव र संबेदनाले भरिपूर्ण उनका मुक्तकले निरशासँगै आशावादिताको संचार पनि गरेका छन् । सामयिकताको गोलचक्कर वरिपरि छन् मुक्तकहरु भन्दा फरक पर्दैन् ।
संरचनात्मक हिसावले उनको मुक्तक शिल्प राम्रो छ । भाषिक शिल्प राम्रो छ । कलात्मकताको लेपन आवश्यकताअनुसार भएको छ । चोटिला, स्वादिला मुक्तकले पाठकलाई स्वादन गराउन सक्छ । अनुभुतिलाई तिव्र तर रुपमा अभिब्यक्त गर्न मुक्तकहरु सफल देखिएका छन् ।
कुनै पनि मुक्तक झरिलो, खिरिलो, रसिलो र स्वादिलो हुनपर्छ । मुक्तक कलात्मक छोटा कविताको तस्विर भएकोले झट्ट हेर्नासाथ के भन्न खोजेको हो,के सन्देश दिन खोजेको हो प्रष्टताका साथ सम्बोधन गर्न सक्ने हुनुपर्छ । चतुस्पदी मुक्तकको महत्वपूर्ण पक्षहो । यी सबै हिसाबले सूर्य प्रसाद लाकोजुलाई स्वर्णिम धुनले थप परिचित गराएको छ ।
मैले चिनेका लाकोजु कोमल मनका धनी छन् । त्यहि कोमल मनको हार्दिकता पनि मुक्तकमा पोखेका छन् उनले । मीठो भावमा प्रस्तुत हुनसक्नु उनको विशेषता लाग्छ मलाई । सामाजिक उत्तरदायित्व र मानविय संवेदनाबाट नभाग्ने उनको बानी मुक्तकमा समेत छताछुल्ल भएको छ । मुक्तक आफैंमा पूर्ण हुन्छ यसमा शिर्षकको जरुरी पर्दैन । शब्द र विम्बहरुलाई अत्यन्तै सुन्दर रुपमा चयन गर्न सक्दा मुक्तक राम्रो हुने कुरामा शंका छैन् लाकोजुले यस संग्रहमा यस्तै गरेका छन् ।
अन्त्यमा, लाग्छ दुनियाँमा कुनै पनि कुरा आफैंमा पूर्ण हुँदैन । यसैले कुनै पनि सज्रकको सृजना आफैंमा पूर्ण नहुन पनि सक्छ । लाकोजुको सन्दर्भमा पनि त्यहि कुरा लागू हुन्छ । मुक्तक अक्करिला लागेका छन् मलाई । मन पसंद छन् र यति लेख्ने धृष्टता गरें । नेपाली भाषा साहित्यमा अक्षरको खेती बाक्लै गर्ने मित्र सूर्य प्रसाद लाकोजुलाई अझै परिष्कृत कलम चल्दै जाओस् कामना ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • कवितामा अनन्त

    कवितामा अनन्त

  • मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

    मोति शोभा श्रेष्ठको अक्षर मोह र अल्झेका धागाहरु

  • सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

    सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण लोकार्पण

  • ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

    ‘ओ पेङ्दोर्जे’ कवितासङ्ग्रहमा राजु स्याङ्तान

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0