Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्वाचनको मिति घोषणा गर

प्रभातफेरी अनलाइन २१२४ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (१ साल अघि)
Post Thumbnail

स्थानिय तहका जनप्रतीनिधिहरुको कार्यकाल सकिनै लागेको छ । जनताबाट ५ बर्षको लागि जिम्मेवारी दिएकोमा उनिहरुको कार्यकाल आगामी बैशाख महिना सम्म रहने छ । तर सरकारले बैशाखमा स्थानिय तहको निर्वाचन गर्ने बिषयमा कुनै चासो देखाएको छैन । संबैधानिक आधारमा आगामी वैशाख अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने कार्यतालिका छ । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । पाँच बर्ष पुग्नै लाग्दापनि निर्वाचनको बिषयमा कुनै चासो नदेखाउनुले गर्दा संबिधान अनुसार ६ महिना कार्यकाल थप्ने संकेत देखिएको छ । यसरि कार्यकाल थप्दा स्थानिय तहको खासै हित रहन्न । चुनावी बर्ष साथै कार्यकाल सकिएर ६ महिना बोनस स्वरुप समय पाएका जनप्रतीनिधिहरुले स्थानिय तहको बिकास निर्माण बापतको रकम सदुपयोग गर्लान भन्ने हुदैन ।
बैशाख महिनामा निर्वाचन गर्न नसकेको अवस्थामा ‘त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ’ संविधानमा उल्लेख भए अनुसार कार्य गर्नुपर्ने हुन्छ । स्थानिय तहको निर्वाचनको मिति ६ महिना धकेल्दा हिमालि जिल्लाहरुमा हिंउ बर्षा हुने साथै हिन्दुहरुको महान पर्ब दशै तिहारले गर्दा सहज रहंदैन । ६ महिना समय सिमा भएपनि ३ महिना मात्रै पर धकेल्दा पनि बर्षातको कारण समस्या रहन्छ । त्यसैले स्थानिय तहको निर्वाचनको लागि सवैभन्दा सहज समय भनेको बैशाख जेठ नै हो । निर्धारित समयमा निर्वाचन गराउने भन्दा पनि राजनीतिक दलहरुले आफुलाई कुन समय अनुकुल रहन्छ भन्दै मौका हेदै गरेको अवस्था छ । दलगत स्वार्थको लागि मौका हेर्दै गर्दा जनतालाई समस्या हुन्छकी भन्ने बिषयमा चासो दिएको छैन ।
स्थानिय तहको समय सकिदै गर्दा र केहि समय पर धकेलने हो भने प्रदेश साथै संघको निर्वाचनको समयपनि नजिकिने हुन्छ । प्रत्येक ३—३ महिनामा निर्वाचन गराएर आर्थिक व्यवभार वडाउनाको साथै जनतालाई निर्वाचनको नाममा अलमल्याउनु भन्दा तीनै तहको निर्वाचन एकैपटक गर्न सहज हुन्छ । तीनवटै चुनाव एकैपटक गर्न स्थानीय तहको चुनाव केही पर सारी संघ र प्रदेशसभाको चुनाव अघि सार्नुपर्ने हुन्छ । जेठ वा असारको पहिलो साता सम्ममा तीनै तहको निर्वाचन गराउंदा सहज होला । सो समयभन्दा पर धकेल्दा वर्षाका कारण मंसिरपछि मात्र सम्भव हुने देखिन्छ । त्यसो गर्दा स्थानीय तहको कार्यकाल सकिएको ६ महिनाभन्दा बढी हुन्छ, जुन असंवैधानिक हुन जान्छ ।
‘राज्यले चाहँदा तीन चुनाव एकैचोटि गर्न सकिन्छ । यसो गर्दा राज्यको खर्च र मतदाताको समय बचत हुन्छ । कर्मचारी, सुरक्षा र अन्य प्राविधिक तयारीमा मिहिनेत गरेपछि तीन निर्वाचन एकसाथ गर्न कुनै समस्या नहोला । एकैपटक निर्वाचन गराउंदा कर्मचारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षाको काम एकपटक हुने भएकाले समय र बजेट कम हुन्छ । चुनाव एकैपटक हुँदा राजनीतिक दलका उम्मेदवारले सम्बन्धित निर्वाचन क्षेत्र र स्थानीय तहमा गर्ने प्रचारप्रसार खर्च समेत कम हुने हुन्छ । एउटै प्रचार प्रसारमा तीनै तहको हुने हुंदा खर्च धेरै कम भएपनि पुग्ने हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • Post Thumbnail

    सांसद विकास कोषलाई पारदर्शिता गर

  • Post Thumbnail

    सम्पत्ति छानविनको विकल्प छैन

  • Post Thumbnail

    उपनिर्वाचनले दिएको सन्देश

  • Post Thumbnail

    हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0