Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरवासीबीच गरिएका वाचाहरु पूरा हुँदैछन् ः प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन १७४८ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (४ साल अघि)
नगरवासीबीच गरिएका वाचाहरु पूरा हुँदैछन् ः प्रमुख न्यौपाने

काभ्रे । बुधबार पनौती नगरपालिका वडा नं. ४ को वडा कार्यालय भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख भिम न्यौपानेले निर्वाचन ताका नगरवासीबीच गरिएका प्रतिबद्धताहरु पूरा हुने अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
सम्बोधनकै क्रममा नगरवासीमाझ जाहेर भएका प्रतिबद्धता पूरा गर्ने क्रममा यो सुविधा सम्पन्न वडा कार्यालय भवन पनि रहेको प्रमुख अतिथि न्यौपानेले खुलासा गर्नुभएको थियो । अब बाँकी कार्यकाल उद्घाटनमै बित्ने चर्चा गर्नुहुँदै निर्वाचित भएर आएका सुरुका दिनहरुमा जसरी शिलान्यासमा व्यस्त हुनुपरेको थियो, अबका दिनहरु त्यसैका लागि खर्चिनुको विकल्प नरहेको धारणा राख्नुभएको छ । नगरवासीको मतको सम्मान भएको छ । नगरवासीको मतलाई सही रुपमा सदुपयोग भएको दाबी समेत प्रमुख न्यौपानेले कार्यक्रममा व्यक्त गर्न पछि पर्नुभएन ।
कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, निमित्त प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, पूर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्य, पार्टी प्रतिनिधि नेपाली कांग्रेसका वडा सभापति महेश थापा लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बुद्धसिं थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव राजकुमार श्रेष्ठले गरेका थिए । उक्त भवन लागत अनुमान ४ करोड ६९ लाख ७४ हजार ३ सय ७१ रुपैयाँ ७७ पैसा भ्याट र कन्टिन्जेन्सी सहित २०७६।०९।२३ गते सम्झौता भई २०७८।०१।१२ मा सम्पन्न भएको थियो । सो भवनको निर्माण घिसिङ्ग, जोशी जी. र विजय (जे.भी.) गरेका थिए । अन्तिम किस्ता अन्तर्गत कुल रकम भ्याट सहित सम्बन्धित निर्माण कम्पनीले ४ करोड ४१ लाख ७९ हजार ८ सय ५३ रुपैयाँ २० पैसा बुझेका थिए । स्मरण रहोस्, सो भवन अपांगमैत्री छैन ।

फरक विचार लिएकै कारण अपहेलनाको सिकार बन्नुप¥यो ः अध्यक्ष सुवाल

काभ्रे । गत बुधबार पनौती नगरपालिका वडा नं. ४ को वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा कार्यक्रम सञ्चालकले पदीय विभेद गरेको सम्बन्धमा पनौती नगरपालिका वडा नं. ४ नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष सुशिला सुवालले फरक विचार लिएकै कारण अपहेलनाको सिकार बन्नुपरेको आरोप लगाउनुभएको थियो ।
पार्टी लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायप्रति उक्त विभेदका बारेमा ध्यानाकर्षण गराउनुहुँदै वडा सचिव राजकुमार श्रेष्ठले आफ्नो व्यक्तिगत मानमर्दनका साथै माओवादी पार्टी केन्द्रको समेत हुर्मत लिने काम विगतदेखि गर्दै आएको निरन्तरता यस कार्यक्रममा पनि देखाएको बताउनुभएको छ । वडा सचिव श्रेष्ठले कुनै पनि कार्यक्रममा माओवादी केन्द्रको उपस्थिति गराएको सम्भवतः यो पहिलो हो । उनले वडास्तरीय कुनै पनि कार्यक्रममा माओवादी केन्द्रलाई सहभागी गराएका छैनन् । यो पटक के भएर हो कुन्नी ! आधिकारिक पत्र लिएरै निवासस्थान आएका सचिवले कार्यक्रममा भने अपमानित हुन बाध्य बनायो । आसन ग्रहण कार्यक्रममा नामै नसुनेका को–को लाई आसन ग्रहण गराइयो, माओवादी केन्द्रलाई उपेक्षा गरियो । पटक–पटक अध्यक्षले रुलिङ्ग गर्दा पनि वास्ता नगरेपछि आफू कार्यक्रम स्थलबाट बाहिरिएको खुलासा गर्नुभएको छ । त्यति मात्र होइन पार्टीले राज्यले सुत्केरी महिलाहरुप्रति गरेको विभेदका विरुद्ध स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा पनौती नगरको नेतृत्वको हैसियतमा ज्ञापन पत्र बुझाउने क्रममा उपप्रमुख गिता बञ्जाराबाट पनि अपहेलना सहनु परेको गुनासो समेत पोख्नुभएको थियो । बहुलवादको वकालत गरेर नथाक्नेहरुले पनौती नगरमा माओवादीको विरुद्ध श्रृंखलाबद्ध ढंगबाट विगत देखि नै आक्रमण गर्दै आएको आरोप अध्यक्ष सुवालको छ ।
वैधानिक ढंगबाट सचिव आफैं निवासमा आएर पत्र नबुझाएको भए म जुन रुपमा स्वयंसेवकका रुपमा काम गरिरहेको थिएँ, त्यही जिम्मेवारीमा सहभागिता जनाउने थिएँ । यो विषयमा कुरै आउने थिए तर आधिकारिक पत्रको सम्मान गरेर गएको त व्यक्तिको मात्र नभई पार्टी माथि नै दुव्र्यवहार गर्ने काम वडा सचिवबाट भएकोमा संस्थागत रुपमा आपत्ति जनाउँद छु । गल्ती भो भनेर मोबाइलमा मेसेज गरेर, कानमा फुकेर मात्र उन्मुक्ति दिन नमिल्ने अध्यक्षको सुवालको जिकिर छ । त्यति मात्र होइन, कार्यक्रमको अध्यक्षता गरिरहेका वडा अध्यक्षलाई समेत आसन ग्रहणमा खुइल्याउने काम कार्यक्रमका सञ्चालक वडा सचिवले गर्नुभयो । कार्यक्रममा सभापति बिना प्रमुख अतिथि र अतिथिलाई आसन ग्रहण गराउने काम भयो । कार्यक्रमका प्रमुख अतिथिबाट एक्सन लिएपछि बल्ल कार्यक्रमका सभापतिलाई आसन ग्रहण गराइयो । वडा नं. ४ का जनप्रतिनिधिको काम भनेको सचिवले गरेका गतिविधि अनुमोदन गर्ने निरिह प्राणी मात्र भएको प्रमाण थियो उक्त दृश्य । भनिन्छ, पनौती नगर दुई कर्मचारीले चलाउँछन्, एउटा वडा नं. ४ का वडा सचिव राजकुमार श्रेष्ठ भएको आम नगरवासीको मुखबाट सुन्न पाइन्छ । त्यसलाई आज पुष्टि गरेरै छाड्नुभएको छ भन्नुहुन्छ अध्यक्ष सुवाल ।
सोही घटनालाई लिएर कार्यक्रमका सभापति वडा अध्यक्ष बुद्धसिं थापासँग जिज्ञासा राख्दा अरुबेला के भो कसो भो मलाई जानकारी भएन । आजको कार्यक्रममा भने सचिव बेइमानी गरेकै हो । मैले पटक–पटक घच्घच्याउँदा वास्ता नगरेको यथार्थ हो । मैले वडा सचिव मात्र होइन, समग्र नगरमा कार्यरत कर्मचारीका बारेमा प्रशासनिक निकायको ध्यानाकर्षण गराएको छु तर सुनुवाई भएन । जसको कारण राम्रो काम गर्दागर्दै पनि आज आलोचनाको सिकार हुन बाध्य हुनुप¥यो । आज सुशिलाजीले सार्वजनिक रुपमा पोख्नुभयो । यस किसिमका गुनासा त अनगिन्ती आउने गरेका छन् । समाधानका लागि प्रयत्न नभएका होइनन् तर सम्बन्धित निकायले चासो नदिएकै कारण आज यो दुर्घटना व्यहोर्नुप¥यो ।
अर्काे एक जिज्ञासा मेट्ने क्रममा वडा अध्यक्ष थापाको जिकिर थियो– सरकारी साधनको दुरुपयोगका बारेमा प्रश्न गर्दा अध्यक्ष थापाको ठाडो जवाफ थियो, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई सोध्नुस्, यो मेरो वडाको मात्र समस्या होइन । समग्र नगरकै अवस्था यस्तै छ । सरकारी सवारी साधनको दुरुपयोग तल्लो तहदेखि उपल्लो तहसम्म भएको सबै नगरवासी जानकार छन् । त्यसका बारेमा यहाँभन्दा बढी के भनौं ? डेटिङ्ग जानेदेखि ससुरालीको सेवा बनेको छ पनौती नगरपालिकाका सवारी साधन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0