प्रदीप सापकोटा
समय कति निष्ठुर छ है । उस्तै छ आजको आकाश पनि निशब्द लाग्छ र पनि अरु दिनको भन्दा बेशी नै खुलेजस्तै छ । सीतलपाटी जानै पथ्र्यो मैले । म जाने तयारी गर्न थाले । सभापति विश्वनाथ रेग्मी भने मलाई नजान आग्रह गरिरहेका थिए । दीनानाथ गौतम जो जिल्ला सदस्य तथा दैवी प्रकोप उपसमिति संयोजक हुन उनले पनि नजान र जानै परे साथीहरु लिएर जान भनिरहेका थिए । यस अघि मैले केन्द्रिय कार्यालयका आफ्ना विभागिय प्रमुख विष्णुहरी देवकोटालाई फोन गरेर तथा घट्नाको विस्तृत विवरण फ्याक्सवाट जानकारी गराएको थिंए । उहाँले केहि दिन विदा लिएर काठमाडौ आउन सुझाउनु भएको थियो । विश्वनाथ रेग्मीलाई शंका थियो कतै विद्रोही माओवादीले पो आक्रमणको प्रयास गरेका हुन कि भनेर । तर यो घट्ना कुनै पक्षले होइन अराजक ब्यक्तिले गरेकोभन्दा उहाँहरु मान्न तयार हुनुभएन । नरेठाँटीवाट फोन आएकोले म जिप चढेर लागें उतै बजारबाट । कुरा हो०६०मंसिरको २२ गते । म रित्तै थिंए किनकी मेरो केही कपडा र तालिम सामाग्री उतै जिम्मा लगाएर आएको थिंए । हिजो उतैबाट रेडक्रसका जिल्ला उपसभापति र स्थानीय उपशाखा सभापतिहरुले अफिसमा फोन गर्नु भएको थियो । कतै उजुर बाजुर नगर्नुहोला भनेर अनुरोध सहित । म पनि कहाँ कसैलाई दुःख दिन चाहान्छु र । तर बाग्लुंगमा पत्रकार साथीहरुले मलाई घट्नाको बारेमा सोधेका थिए थाहा पाएर होला ममाथिको आक्रमणको प्रयास । कतिपयले त स्थानीय रेडक्रस प्रशासनले आफ्नो कर्मचारीमाथिको आक्रमणको खण्डन नगरेकोले कतै मिलिभगत त होइन भनेर प्रश्न पनि गरे । मैले यो घट्नामा चुप रहिदिन उहाँहरुलाई अनुरोध गरें ।
दिनको घाम छिप्पिदै थियो । जिपमा छु । केहि दिन अघिका स्मृतिहरुलाई वर्तमानमा निचोर्ने प्रयास गर्दैछु । मन भाँचिएको थियो मेरो बिना कुनै गल्ती अपमानित हुनुपरेकोमा । अपमानित मात्र हैन ज्यानै जानसक्ने परिस्थितिवाट गुज्रेको थिए म । त्यो दिनको भोगाइको भयचित्र सम्झँदै यात्रामा छु म । उही चिरपरिचित वाटो । दुःखमा मल्हमपट्टी लाग्दाको क्षणको जस्तो सितल भएको छ मन । थकाई पनि लागेको भान छैन् । मान्छे न हुँ कहिले हिड्दा ठेस लाग्छ,घाउ हुन्छ तर समयक्रमले पुरिंदो रहेछ मल्हमपट्टीले दुःखको घाउ । यस्तै भएको छ मलाई आज । घोडावाँधे उही हो र उस्तै छ वजार । आकासको खुलापन,मौसमको रमणियता लाग्छ मलाई आज । डम्बरसिंह दाई पहिल्यै आएर बसेका रहेछन् । नरेठाँटीका सभापति केयरसिंह थापामगरले हिजो फोनमा भनेका थिए कोइ साथी लिन घोडावाँधे पठाइदिन्छु भनेर । हामी भलाकुसारी पछि झर्छाैं घसाको ओरालो । घामले पनि सुखद स्पर्श गर्दैछ ।
म डम्वरसिंह दाईकै घरमा जान्छु । केहि चिनारुहरु जम्मा भैसकेका रहेछन् । आज याविन्द्रसिंह दाईको घर नजिक एकजना नानीको विवाह छ । ति नानी हाम्रो कार्यक्रमकी सहभागी हुन । सरलाई पनि लिएर आउनु भनेका छ रे अभिभावकले भन्दै याविन्द्रसिंह दाईले भने । खाजा तयार भयो । खाजा खाइयो । जीवनमा जहिल्यै नयाँ नयाँ कुराको अनुभव गर्नुपर्छ रे । आज यहाँ अर्काे नयाँ खाजा खाइयो । अरिंगलको गोलो पोलेको रे आज । त्यसका वच्चाहरु फ्राई गरेको आहा कति स्वादिलो । मैले करिव एकमुठी खाँए हुँला । चिटचिट पसिना आयो । यो त गर्मी चीज पो रहेछ त ।
धर्तिमा साँझको आगमन भयो ।अनि हामी तीन भाई विहा घरतिर तेर्सिन्छौं । जीवनको धुन पनि कस्तो कस्तो । अस्ति ४ दिन अघि मात्र यहाँबाट त्रासद जीवन भोगेर शहर फर्केको मान्छे म आज यहिं छु । यात्रामा कहाँ सधैं सुखद पलसँग मात्र साक्षात्कार हुन्छ र । विवाह घरमा नाचगान रहेछ । दुलही अन्माएर पठाइसकियो रे । यहाँको चलन र मेरोतिरको चलनमा फरक । बेहुली अन्माएको घरमा त रुवावासी हुन्छ नि । यहाँ त नाचगान खै के के । चलन चलाए पछि चल्छ भन्या यहि होला । एकछिन रमाइलो हेर्छांै र खाना खाएर डम्बर दाईकोमा हामी तीन भाई फर्कन्छौं ।
४ दिन अघिको उसको ब्यवहार सिनेमाको रिल जस्तो घुम्यो मेरो दिल र दिमागमा ।ु तँ जसको घरमा बस्छस नि१ त्यहिँ ओछ्यानमा आएर काटी दिन्छु ।ु आक्रोशित मुद्रामा त्यो आतंक त्यो दिन सीतलपाटी निम्न माध्यामिक बिद्यालयको प्रागँणवाट वाहिरिएको थियो परिवेश प्रतिकुल,महिलाहरुको मलिन र भयभित मुहार कहाँ विर्सिन सकिन्छ र । उसको अपशब्द,गालीगलौज र उन्मत्तताको आवेग कहाँ माफी गर्न लायक थियो र ! कुजिंएको छ मेरो मन । त्यो मान्छेको आकृतिसँग मिल्ने प्राणी सम्झेर मान्छेसँग पनि डराउनुपर्ने परिस्थिति सृजना भएको थियो । कति थकित र गलित थिंए त्यो क्षण म । मुख सुख्खा भएको थियो । मेरो जीवनकै अप्रिय र विभत्स भयावह यात्राको भोगाईले मलाई चिथोरेको थियो नमिठोसंग । उ अनि उसको परिवारका अन्य सदस्य आमावुवा र श्रीमति मेरो सामुन्न्ने छन् । बुबा निरास मुडमा छन् । आमाको आँखा रसाएका छन्,अनि श्रीमतिको मुहारको कान्ति हराएको प्रष्ट देखिन्छ ।
ुसर,अस्तिको हजुरसँगको त्यो नराम्रो ब्यवहारको लागि मलाई माफ गरिदिनुस । मैले त्यो दिन रक्सी खाएको थिएँ । के भो भो मलाई ।ु नारायणले सन्नाटा तोडे ।
म भने चुपचाप थिंए । प्रतिकृयाविहिन । किनकी मलाई केही बोल्नै मन थिएन । सत्य भनुँम पिरो पीडाको धुँवाले भरिएको मन लिएर के बोल्ने वा नबोल्ने निर्णय गर्न सकिरहेको थिइन म ।
ुयस्तो असत्तिले गरेर सबैको सामु मलाई मुख देखाउन नहुने भैसक्यो सर । कति जनासँग माफी मागुम म बुढो । गाँउमा कसैसँग यसको राम्रो छैन् ।ु विचरा बा निरिह भएर प्रस्तुत भए ।
ुसर,तपाई पनि मेरो छोरो समान हुनुहुन्छ । एक पटकलाई सबै कुरा भुलिदिनुस । मेरो एक्लो बुढेसकालको लठ्ठी हो सर ।ु आमाको ममत्व पग्लियो आँखाभरि आँसु सहित ।
म चुपचाप छु यथावत । केहि बोल्नै मन छैन् । मेरो मन भताभुँग पारेकै हो उसले । छाती बेस्सरी दुखाएकै हो । मुटुको धड्कन बढाएकै हो । कति चह्राएको छ मेरो मन उसले तल्लो स्तरको गालीले चिथोरेको । पैह्रो गएको छ कहालीलाग्दो । मलाई थाहा छ मेरो मृत्युको नजिकबाट चिप्लिएर बाल बाल बचेको छु म । अनि मैले जीवनकै याचना गर्नुपर्ने परिस्थिति उसैको कारण सृजना भएको न हो । उफ् कति नमिठो र भयावह थियो त्यो दिन । कति धेरै भयले घर गरेको थियो मेरो मनमा । कैयन पटक झस्किएको थिएँ म । मन थाम्न नसकि घुक्किएर रोएको थिंए म । घर परिवारको सम्झनाले मलाई असहज बनाएको थियो । उसलाई भन्न मन थियो यी कुरा तर अहँ भनिन् । त्यो उसले ल्याएको समयले बनाएको घाउ पाकेको छ र म यहि पाकेको घाउ बोकेर बसेको छु मनभित्र ।
ुअब के गर्ने त सर ? यसलाई जति भने पनि केहि लागेन । कति दुःख दियो हामीलाई पनि । बरु यसलाई त कानूनी कारबाहीतिर सरले लागेको भए दुःख पाउथ्यो र बुद्धि फर्कन्थ्यो कि?ुतुलसी सर आक्रोस पोख्छन् ।
ुएक पटकलाई उहाँलाई माफी दिनुस सर । अव चाहि उहाँमा परिवर्तन आँउछ होला ! ु नारायणकी जीवन साथीको निरिहता प्रष्ट देखिन्छ ।
ुसर,अवदेखि म कसैलाई दुःख दिन्न । माफी पाँउ । म हजुरको खुट्टा ढोग्न तयार छु ।’ पछुतो देख्छु उसमा ।
रात छिप्पिँदो छ । अब भने मैले मुख नखोली नहुने ठानेर बोले ।
ुहेर्नुस । तपाईहरु मेरो आमा बाको उमेरका हुनुहुन्छ । मेरो केहि गल्ती नभइ यस्तो भो । मैले केहि भन्नु छैन् र केहि गर्नुनि छैन् । चाहेको भए मैले उहाँलाई कारबाही गतिलै गराउनसक्थें । मैले त्यस्तो चाहिन । मेरो मन कसैलाई पनि दुःख दिन मान्दैन् । मलाई भोली सबैको सामु के कारणले यसरी आक्रमणको प्रयास गरेको हो सो को प्रष्टिकरण दिनुस । अनि समुदायले तपाईलाई माफ गरे सक्किगो नि त ।ु
मेरो जिद्दि सामु उनीहरुको कुनै जोर चलेन । उनीहरु च्ुापचाप घर फर्किए । मेरो जवाफमा डम्बरदाई भने खुशी देखिनुहुन्थ्यो । हामी सुत्यौं भोलीको पर्खाइमा ।
विहान समयमै तालिम सुरु भयो । सबै सहभागीहरुको निर्दाेष आँखा मतिर लक्षित छन् । मपनि अलिक सामान्य हुन सकिरहेको छैन् । र पनि शेसन चलाउनै पर्यो । रत्ना दिदि र बुल बहादुर सरले मलाई साथ दिएका छन् । खाजा अघि नै शेसन सक्ने र खाजा पछि समापन कार्यक्रम गर्ने तयारी गरिएको थियो । समापन कार्यक्रमको सेडुल तुलसीराम सर र रत्ना दिदिलाई बनाउने जिम्मा दिंए ।
शिव पाण्डे सर प्रमुख अतिथि र केयरसिंह थापामगर अतिथि हुनुहुन्थ्यो । पूर्व गाविस अध्यक्ष दुर्गा बहादुर कुवरको पनि उपस्थिति थियो । समापन कार्यक्रमको संचालन रत्ना दिदि,स्वागत तुलसीराम सर,अध्यक्षता नर बहादुर श्रीसले गरे । म सहभागीहरुलाई दिइने प्रमाण पत्र लेख्न थालें । अकस्मात मलाई सल्लाह नै नगरि प्रशिक्षकको तर्फवाट दुई शब्द बोल्न भनियो । म अलमलमा परें । के पो बोलुँ । चारैतिर नजर लगाँए । के पो हुन्छ भनेर जिज्ञासु दर्शक दीर्घामा बाक्लेै उपस्थिति थियो । विद्यालयको प्राँगणमा समापन कार्यक्रम गरिदै थियो ।
पीडा र बेदनाले लोलाएका दुई आँखा चारैतिर डुलाँए सबैलाई सम्बोधन गरें । बोल्दै गर्दा मेरो उत्साह अप्रत्याशित रुपले मर्न थाल्यो ।ु आदरणिय अग्रज ब्यक्तित्वहरु, तालिममा सहभागी हुनुभएका बा आमा,काका,काकी,दिदी बहिनी तथा दाजुभाईहरु,मैले तालिमको क्रममा धेरै कुरा फत्फताएको छु । यहाँ म सिकाउन मात्र आएको होइन,सिक्न पनि आएको हुँ । यहाँहरुको अजस्र माया,स्नेह प्रति कृतज्ञ छु । यहाँको समुदाय प्रति आभारी पनि छु । मेरो कोइ कसैसँग केहि गुनासो र दुखेसो छैन् । फगत मेरो मनमा अन्र्तद्धन्दको विशाल ज्वारभाँटा मच्चिरहेको छ । आजसम्म जानेर गल्ती गरेको,कसैलाई भनि विझाएको छैन् । अपमान गरेको पनि छैन् र पनि म माथि ठूलो आक्रमणको प्रयास भयो । यहाँहरुकै मायाले मलाई केहि भएन । तैपनि नारायण भण्डारीजीले असन्दिग्ध र अपत्यारिलो घट्ना घटाउनु भयो । मलाई त के छ र । मन लागेन भने अवदेखि यहाँ आउँदिन,इच्छा भएन भने जागीर खाइन्न । तर नारायणजी तपाई त यही गाँउ समाजमा बस्नुपर्छ । सबै यहि गर्नुपर्छ । तपाईले मलाई खुकुरी रोप्न खोजे पनि आफ्नै जीन्दगीमा अध्याँरो पोत्नु भयो । आइन्दा यस्तो नगर्न म हात जोडेर अनुरोध गर्दछु । जिन्दगी लामो छ मित्र,सबै प्रति राम्रो ब्यवहार गर्नुहोस । सच्चिनुस । सबैको अघि भन्दिनुस किन त्यस्तो ब्यवहार देखाउनु भयो ?ु यस्तै बोल्दै थिंए । रत्ना दिदि लगायत धेरैको मुहारमा आँसु भरिएको देंखे । मलार्इृ झन गाह्रो भो । यसो भिडमा हेंरे । सरल र सपेट मिजासका उनका बुबा जो स्वाभिमान गिरेकोमा शिरनत देखिन्थे । आमाको माया उहि न हो आँसु मिश्रित मुहार । मैले थप बोल्न सकिन । गला अबरुद्ध भो मेरो । चारैतिर केहिबेर नमिठो वातावरण छायो ।
बुल बहादुर सरले ल अब नारानले किन यस्तो दुव्र्यवहार गरेको सबै सामु बताउनु पर्छ भनेर भने पछि नारायण भण्डारी अगाडी आए । उनले विनयीभावले प्रस्तुत हुँदै हिजो रक्सीको उत्तेजनामा त्यस्तो भएको,गाँउका मानिसहरु बराल्न आएको जस्तो लागेर रिस उठेको बताए।यसो हेर्दा उनी लाजले थकित र गलित देखिन्थे।जे सजाय दिए नि भोग्न तयार रहेको समेत बताए उनले । मैले मेरो तर्फबाट यहि हो सजाय भनेर पन्छिएँ । तर समुदायले उनलाई केही नगद जरिवाना सहित आइन्दा सच्चिने शर्तनामा कागज गराए ।
सवैले मलाई घट्नाप्रति दुःखी भएको बताए । जिन्दगी यात्रा न हो समयसँगै आइपर्ने विबिध समस्या,ब्यवधान र पीडाहरु सहेर पनि यात्रा जारी राख्नु नै छ । साँझ धेरै छिप्पिसकेको थियो ।मेरो झोलाहरु याविन्द्र दाईकोमा भएकोले म आज त्यहिं बास बस्ने भएँ । अस्ति कसैले पनि म कहाँ जाँउ नभनेको तर आज दर्जनौले आज मेरोमा जाँउ न सर भने । मनमा के के कुराहरु खेलिरहे । यस्तै छ समय भन्दा बलबान को छ र । मलाई थाहा छ म गलत थिइन,त्यसैले यसमा मेरो विश्वास भत्किने कुरै भएन । सबैसँग विदावादी भएर म याविन्द्र दाईसँग झरें सबैको मायाको पोको मनभरि बोकेर ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |