पुष्कर लोहनी
भुमिका –ः
युवा ब्यक्तित्व सबै बिधामा कलम चलाउन हुने नेपाली साहित्यको आकाशको मुक्तक फाटमा चम्किलो ताराको रूपमा देखापर्नु भएका छन । केही समय अगाडि उहाँकै कार्यक्रममा चिना परिचय भयो । जोशिला भट्टले केहि अगाडि मुक्तक सङ्ग्रह निकाल्दैछु यसमा भुमिका लेखिदिनु भनेर आग्रह गर्नु भयो । मलाई उकुसमकुस र जिल्ल परे । के भनुम के भनुम जस्तो भयो । अस्विकार नगरी हुन्छ भने । भुमिका लेख्न भनी उभिएको छु । सरसर्ती मुक्तक हेरे भाव राम्रो लाग्यो तर नमिलेको ठाँउमा मिलाएर केही सिकाउने कोशीस गरेको छु । वटा मुक्तक रहेर प्रेमसागर कृति तयार भएको छ । नेपाली मुक्तक रुवाइ शैलीको फिजराल्डलाई आधारमा रहेर मुक्तकलाई स्थान सञ्चित भएको छ । सर्जक केशवराजले एउटा युवा पुस्तालाई समेटेर नेपाल सरकार कै रूपमा रहेको संस्थाको स्थापना गरेको कुराले मलाई केही आशा रहेको छ । सप्तरङ्गी साहित्य समाज, नेपाल नामक संस्थाको उहाँले नेतृत्व गरेको देख्दा म छक्क परे । सानै उमेरमा यतिसम्म चिनिनु र साहित्य फैलाउनु समान्य होइन । यहि नेतृत्वले उनि एक सम्भावना बोकेको देखिन्छ । प्रेमसागर लिएर देखा परेका भट्टका मुक्तकहरुको आफ्नै विशेषता छ । विभिन्न विषयमा उनले हात हालेका छन् । प्रेम प्रणय बारेको कथा आफ्नै पाराको छ भने राष्टियताको बारेमा पनि त्यतिकै चासो लिएका छन् । उनले सुरुवात यसरी गर्न पुगेका छन् ।
जीवन जिउनमा सजिलो छ हाँसेर हेर ।
अमूल्य यो प्रेमको नगरमा
नाँचेर हेर ।
घुर्की लाउँछौ “सागर” लाई
बिर्सिदिन्छु भन्दै ।
बिर्सनलाई त्यो दिल भित्र राखेर त हेर ।
जति सल्लाह दिए पनि मनले नै खाएन । सायद मनले खाएको आफ्नीको व्यबहारले अलमलिएरका भट्ट आफुलाई मन पराउनेलाई वास्ता नगरेका हुन् कि । जीवन सजिलो छैन भने जस्तो ? ठ्याक्कै मिल्दैन पनि । प्रेममा फसे पछिको जीवन र प्रेममा फसाउन खोज्नेको वातावरण नै फरक हुन्छ । अलमलाउनेहरु धेरै निस्कन्छन । यहि क्रममा भावूकता साथ निस्केको अभिव्यक्ति
जिन्दगीमा रुनु अनि हास्नु बनायो दैवले ।
एक्कासी रुदै मर्नु र बाच्नु बनायो दैवले
आँखा चिम्लिदै केही नसोधी छाडे हुन्छ नाता ।
सोदै नसोधी तोड्नु न मास्नु बनायो दैवले ।
आफूले भोगेको वातावरणको परिस्थिति जे जस्तो भए पनि प्रेमले जीवनमा ठुलो प्रभाव नपारी छाड्दैन । कति कुरा गुमाउनु पर्ने नै हुन्छ,कति सहनु नै पर्ने हुन्छ । किन हो,भावनाले मानिसलाई अलमलाई रहेको हुन्छ आफ्नै आँखा अगाडि प्रेमका स्वरुप स्थिर हुँदैन । पछाडि नाम लागिरहेको हुन्छ भने अगाडि मद्किएर उत्तेजित बनाइ रहेका हुन्छन् आफैलाई हास्सिको पात्र बनाएर भावुक मन भावुक भएर उर्लन्छ र बोलिदिन्छ–
बिर्सिदिए हुन्छ मायाको शहर बनाएर ।
मनभित्र राखेर बस लहर बनाएर ।
सधैं अभाव हुन् देउ मनलाई मायाको
नखेलाउ मनमा नयाँ रहर बनाएर ।
अर्ति उपदेश दिन पछाडि नपर्ने भावुक मनको आफ्नै मान्यता छ । आफ्नै धारणामा पछि लागेको मान्यतालाई बिर्सन नसक्ने हुन्छ । वास्तविकता अंगालेर महत्व दिने पक्षको तर्क आफ्नै किसमको हुने हुनाले–
खेल्ने नै हो भने कि जित हुन्छ कि हार हुन्छ ।
दुबैतिर यहाँ भिन्ना भिन्नै समाचार हुन्छ ।
यदि मन मुटुमा माया साची एक्लो हुँदामा ।
हो जसको पनि मन जलेर अङ्गार हुन्छ ।
प्रेमसम्बन्धि वातावरणले एउटा भिन्नै किसिमको परिस्थिति सिर्जना गर्न पुग्छ । कविको भावूक मन अर्थात उनी भित्रका आवेगलाई मुक्तक मार्फत व्यक्त गरिदिएका हुनाले एउटा मनलाई विभिन्न कोणबाट मुल्यांकन गर्न सकिन्छ । ब्यक्तिलाई चिन्न सजिलो हुन्छ तर मनभित्रको ब्यक्तित्वलाई चिन्न कठिन पर्छ । त्यसैले उनको आफ्नै अभिव्यक्तिलाई हेर्ने हो भने सजिलै शीत यसरी बुझ्न सकिन्छ –
मेरो सजिलो जीवन जसो तसो चल्न देउ ।
समयले पनि जे गर्छ मलाई छल्न देउ ।
भन्छन् मलाई धेरैले बिर्सने कोशिस गर
मन चोखो मेरो खरानी हुन्जेल जल्न देउ ।
एकातिर यसो भन्छन् तर मनले कहाँ मान्छ र ? त्यो मायाको जालभित्र छिरेपछि त्यसबाट उम्किन त्यति सजिलो हुन्छ र ? अनि आफू भित्रको उकुसमुकुस भएको बेदना पोख्न थालिहाल्छन् –
सपनीमा संधै जसो सताउँछौ अनि जान्छौं ।
मायाको कुरा सधैं तताउँछौ अनि जान्छौं ।
पलपलमा मनलाई बहार बनाएर ।
रानी हँु है तिम्रो भनी कराउदै अनि जान्छौं ।
प्रेमसम्बन्धी धारणा, मान्यता र वातावरणलाई सजिलैसँग बुझेर मुल्यांकन गर्ने बाटो केशवले खोलिदिएका छन् । विभिन्न विषयमा चाख लिएर लेखिएका मुक्तकको आफ्नै विशेषता देखिन्छ । त्यसैले उनी भन्छन्–
बनाउनुपर्छ सुन्दर घर मेरो गाउँको ।
पक्कै नै जवानीको सरदर मेरो गाउँको
भबिस्यमा केही गरेर देखाउने विचार ।
बिदेशिए फर्काउने रहर मेरो गाउँको ।
सबैतिर ध्यान दिएर वास्तविक परिस्थितिलाई लक्ष्य राखेर लेखिएका मुक्तकहरुले एकलकाटे पनलाई पन्छाएको देखिन्छ । एउटा कुरा चाहिँ भनिदिए हुन्छ केशव बारे । उनी सिकारु अवस्थामा देखा परे ता पनि उनिभित्रको आयामिक सोचाइ, भोगाइ र परिस्थितिलाई नजिकबाट हेर्ने दृष्टिकोणको विकास चाहिँ भैसकेको छ । चाहे प्रेमबारेको धारणा होस,वा राष्टिय तथा घरेलु वातावरण बारेको होस् उनी भित्र भावूकता मात्र छैन । केही छ भने समानताको आधारको खोजिमा उनी लाग्ने गरेका छन् । त्यसैले नढाँ टि भन्छन् –
तिमीले नै गरेको घात भुलेको छैन प्रिया
म रोएको प्रत्येक रात भुलेको छैन प्रिया
सानो मेरो देश र म प्रतिको व्यवहारमा
दिल मै गढेको कुरा नै भुलेको छैन प्रिया ।
त्यस्तै राजनीतिबारे–
राजनीतिमा बाघचाल के लागि गरिन्छ
देशको विकासमा पर्खाल लाउने गरिन्छ ।
सधैं आफ्नो पेटलाई भोको देख्ने भए ।
नारामा समृद्ध नेपाल केका लागि गरिन्छ ।
लेख्न सक्ने क्षमतावान ब्यक्तिका रूपमा मैले केशवलाई देखेको छु । कुरा चाडै बुझ्ने सक्ने ब्यक्तित्वले आफुभित्रको पीडा र छट्पटीलाई सजिलैशीत उर्तान सक्छ भन्ने आधारलाई केशवले मनन गर्नुपर्छ । त्यसैले भोगेका अनुभवका कारणले उनले भनेका सत्यता–
आफ्नो घोर शत्रुको शिर घटाउनुपर्छ ।
आफ्नै पिर साच्चिकै मनैदेखी हटाउनुपर्छ ।
मैले पनि सोचेको छु हेर तिमीले भनेझैं
राम्ररी तिर हानी जिन्दगी कटाउनुपर्छ ।
परिपक्वता विचार र लेखाइलाई परिस्कृत रूपमा आशा गर्दै केशवका मुक्तकहरुमा भाव गहिरो रूपमा खुलेको पाइन्छ ।
अन्तमा ः लेखक केशवको क्षमताको कदर गर्दै उनको मुक्तक कृति प्रेमसागर सबै पाठकको मन जित्न सफल होस उनको परेको जन्मोत्सवको सहित हार्दिक शुभकामना कृतज्ञता गर्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |