Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समृद्ध बनेपा नगरका लागि यो आयोजना कोशेढुंगा सावित हुनेछ ः प्रमुख शाक्य

प्रभातफेरी अनलाइन १४६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (५ महिना अघि)
समृद्ध बनेपा नगरका लागि यो आयोजना कोशेढुंगा सावित हुनेछ ः प्रमुख शाक्य

सुर्यविनायक–धुलिखेल ६ लेनको सडक बन्ने

काभ्रे । सुर्यविनायक–धुलिखेल खण्ड अन्तरगतको सडक ६ लेन बनेसँगै समृद्ध बनेपा नगरका लागि यो आयोजना कोशेढुङ्गा सावित हुने बनेपा नगरका प्रमुख शान्तिरत्न शाक्यले बताउनु भएको छ ।
सो आयोजना सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत प्रमुख शाक्यले भेटमा बताउनु भएको छ । यो आयोजनाले बनेपा नगर, काभ्रे जिल्लाको मात्र नभई समग्र मुलककै समृद्धिको ढोकाको रुपमा रहेको अरनिको राजमार्ग अन्र्तगत सुर्यविनायक, धुलिखेल खण्डको स्तरबृद्धि हुने खवरले तमाम काभ्रेलीमा उल्लास छाएको समेत प्रमुख शाक्यको कथन छ ।
यो सुखद् खवरलाई काभ्रेली जनताले पक्कै पनि न्याय गर्नेछन् । यो आयोजना सम्पन्न गर्न सम्पूर्ण राजनीतिक शक्तिहरु एक भएर अगाडी लाग्नु हुनेछ भन्ने विश्वास आफूले राखेको बताउनु भएको छ । यो अवस्थामा विवेक पु¥याएर राजनीतिक नेतृत्वले पक्कै पनि सहज रुपमा विकासलाई अगाडी लैजाने छन् भन्ने विश्वास आफूले राखेको प्रमुख शाक्यको जिकिर छ ।
विकासको पहिलो पूर्वाधार भनेकै सडक हो । जव सडकले सम्पन्न हुन पुगिन्छ तव समृद्धिको सपना पुरा हुन्छ । यो समृद्धिले मुलुकको अग्रगामी छलाङ्ग मार्न कोशेढुङ्गा सावित गर्नेछ भन्ने विश्वास आम काभ्रेलीहरुले राखिरहेका छन् । जति पनि विकास निर्माणका कुरा जोडिन्छन् त्यसको महत्वपूर्ण हिस्सा भनेको सडक नै हो । यसैको माध्यमबाट आम नागरिकले आफ्नो जिवनस्तर उठाउनकालागि विभिन्न गतिविधिहरु गर्ने गरेको प्रमुख शाक्यले खुलासा समेत गर्नुभएको छ ।
अरनिको राजमार्ग अन्तरगत सुर्यविनायक धुलिखेल सडक खण्ड ६ लेनको बन्ने निश्चित भएको छ ।
जापानीज सरकारको सहयोगमा जाईकाले सो परियोजना बनाउने भनिएतापनि पछिल्लो समय उसले परियोजनाबाट हात झिकेपछि नेपाल सरकार आफैंले उक्त आयोजनालाई निरन्तरता दिन लागेको जानकारी सडक विभागले गराईएको छ । सडक गुणस्तरिय हुनुको साथै दिर्घकालिन टिकाउ हुने ढंगबाट निर्माण हुन लागिएको यातायात आवत जावतमा समस्यामा केही सहजताको लागि दुई खण्डमा विभाजन गरेर विस्तार गर्न लागेको जानकार सरोकारवाला निकायले अवगत गराएको छ ।
सडक विभाग कार्यालयका अनुसार सूर्यविनायक धुलिखेल र धुलिखेल–सिन्धुली सडक आयोजना अन्तरगत साँगा–धुलिखेल खण्डको निर्माणका लागि टेन्डर आह्वान भइसकेको बताईएको छ । उक्त खण्ड निर्माणका लागि झण्डै साढे ९ अर्ब लागतमा सरकारले आफ्नै स्रोतबाट सडक विस्तार गर्न लागेको सडक विभागले जनाएको छ ।
सडक विभागका अनुसार छिट्टै ‘सूर्यविनायक–साँगा खण्डको पनि टेन्डर हुने तयारीमा रहेको विभागले जनाएको छ । यी दुवै खण्डलाई एक साथ अघि बढाएर सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य सम्पन्न गराउने कार्यमा नेपाल सरकार लागी परेको सडक विभागले जनाएको छ । अब बन्ने सडकमा चार मुख्य लेन र दायाँ–बायाँ २ वटा सर्भिस लेन गरी ६ लेनमा सडक विस्तार गरिने उल्लेख गरिएको छ । सो आयोजना सम्पन्न पश्चात अहिले जुन किसिमको ट्राफिक समस्या झेल्नु परिरहेको छ त्यसको अन्त हुनेमा आफू विश्वस्त रहेको बताउनु हुन्छ बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य । उहाँका अनुसार तत्कालै सडक स्तर उन्नति हुन सकेमा ट्राफिक समस्याको समाधान हुनुका साथै समृद्धि बनेपाको सपना साकार हुने समेत बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

    लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

  • अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

    अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

  • स्थापना दिवसको स्मरण गर्दै रक्तदानमा सहकारी

    स्थापना दिवसको स्मरण गर्दै रक्तदानमा सहकारी

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0