Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वास्थ्य र शिक्षाको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ ः नगर प्रमुख शाक्य

प्रभातफेरी अनलाइन ४८ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ महिना अघि)
स्वास्थ्य र शिक्षाको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्छ ः नगर प्रमुख शाक्य

सन्दर्भ ः नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३१औं केन्द्रीय सभा

काभ्रे । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३१औं केन्द्रीय सभालाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले राज्यले नागरिकका नसर्गिक अधिकारभित्र पर्ने स्वास्थ्य र शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्ने बताउनुभएको छ ।
३१औं केन्द्रीय सभाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि शाक्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखामा आफ्नो गहिरो सम्बन्ध रहेको चर्चा गर्नुहुँदै अझै स्वास्थ्यको क्षेत्रमा पनि मुटुलाई लिएर समाजमा पु¥याएको सकारात्मक योगदानको जति नै चर्चा गरेपनि अपूरो रहने धारणा राख्नुभएको छ । हृदयरोग निवारण प्रतिष्ठानले नेपाली नागरिकहरुप्रति खेलेको भूमिका अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चाको विषय रहेकै कारण लायन्स क्लब जस्ता सामाजिक संस्थाले स्तरवृद्धिमा समेत विशेष भूमिका खेलेर नै यो ऐतिहासिक नगरीमा कार्डियो क्लिनिक शुभारम्भ गर्दैछ । यसका पछाडि नेपाल हृदयरोग निवारण प्रतिष्ठानको महत्वपूर्ण योगदान रहेको चर्चा गरिराख्नु नपर्ला भन्नुभयो ।
प्रतिष्ठानले जसरी नागरिकको स्वास्थ्य सम्बन्धी गम्भीरताका साथ आफ्नो अभियानलाई अगाडि बढाएको छ, त्यसैको एउटा उदाहरणका रुपमा हामीले यस सभालाई लिएका छौं । केन्द्रीय सभा काभ्रेमा हुनु नै यसको ज्वलन्त उदाहरण पनि हो । त्यसैले समस्त पूर्व मेचीदेखि पश्चिम महाकालीबाट यस केन्द्रीय सभामा आफ्नो उपस्थिति जनाउनुहुने तपाईं मुटुप्रेमीहरुप्रति बनेपा नगर सम्मान व्यक्त गर्दछ । आशा छ, तपाईंहरुबाट यो अभियानमा अनुकरणीय योगदान पुग्नेछ । ऐतिहासिक व्यवसायिक नगरीले तपाईंहरुको उपस्थितिमा खेल्नुपर्नेमा भूमिकालाई जीवन्त दिने विश्वासको प्रतिबद्धता जाहेर गर्न नगर प्रमुख शाक्य पछि पर्नु भएन । यो अभियानमा सहयोग पु¥याउने कुनै पनि सहयोगदाताहरुको भावनामा आँच नपुग्ने किसिमबाट यस क्षेत्रमा निरन्तर स्थानीय सरकार क्रियाशील रहने पनि प्रमुख अतिथि शाक्यले कार्यक्रममा उद्घोष गर्नुभएको छ ।


मुटु बचाउ अभियानमा हुने प्रतिकारात्मक र उपचारात्मक गतिविधिहरुको लागि यथोचित सहयोग बनेपा नगरपालिकाद्वारा सदैव सहयोग हुने विश्वास दिलाउनुहुँदै प्रतिष्ठानको भवन निर्माणमा समेत रचनात्मक सहयोग हुने वचनबद्धता गर्नुभएको छ । यसैगरी प्रतिष्ठानका संरक्षक तथा संस्थापक अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेले ३१औं केन्द्रीय सभालाई सम्बोधन गर्ने क्रममा आफ्नो स्वास्थ्यको ख्याल राख्न र वातावरणीय प्रदुषणले समाजमा पु¥याएको नोक्सानका बारेमा जनचेतना फैलाउनुपर्ने अहिलेको तड्कारो आवश्यक रहेको हुँदा यस सभामा सहभागी तपाईं अभियानकर्मीहरुले आफूलाई कर्तव्यबोधतर्फ अग्रसर गराउनुहुनेछ भन्ने विश्वास लिएको बताउनुभएको छ । जुन उद्देश्यका साथ स्थापना भएको छ, आजका दिनसम्म त्यो उद्देश्य प्राप्त गरेको आफूले पाएको स्मरण गर्नुहुँदै डा. पाण्डेको थप कथन थियो– स्वस्थ स्वास्थ्य नरहे हामी मानव पनि रहन सक्दैनौं । मानव बिनाको समाज कसरी कल्पना गर्छाैं ? त्यसैले स्वस्थ समाज निर्माणका लागि नेपाल हृदयरोग निवारण प्रतिष्ठानले पु¥याएको योगदानका लागि मुक्तकण्ठले सम्मान समेत डा. पाण्डेले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ । त्यसैगरी कार्यक्रममा केन्द्रीय अध्यक्ष बलराम न्यौपाने, महासचिव बालगोविन्द विष्ट, निवर्तमान अध्यक्ष डा. प्रचण्ड प्रधान, पूर्व अध्यक्ष डा. प्रकाश रेग्मी लगायतका वक्ताहरुले नेपालीहरुको स्वास्थ्यावस्था र मुटुमा वातावरणीय असरका बारेमा वृत्तचित्रमा कार्यपत्र प्रस्तुत गर्दै समग्र स्वास्थ्यको क्षेत्र नजादिँदो किसिमले दूषित वातावरणको सिकार भएकै कारण विश्वमा एक करोड ८० लाख मानिसको मृत्यु मुटुमा समस्या आएरै हुने गरेको तथ्य सार्वजनिक गर्दै अविकसित राष्ट्रहरु यसको पहिलो निशानामा परेको समेत विज्ञहरुले धारणा राख्नुभएको छ ।
उक्त केन्द्रीय सभामा ५७ जिल्ला शाखा र २० जिल्लामा तदर्थ समिति स्थापना भएको संगठनहरु मध्य ३१ औं केन्द्रीय सभामा २६ जिल्ला शाखाहरु र ७ प्रदेशहरुबाट १५६ जना प्रतिनिधिहरु र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु र कर्मचारीहरु ६३ जना मध्ये ३५ जनाको सहभागिता रहेको डा. पुष्पराज कर्णिकार संयोजन र प्रस्तुतिमा अभिमुखीकरण कार्यक्रम नन्दकिशोर शर्मा, उत्तमलाल श्रेष्ठ लगायतको उपस्थितिमा जिल्ला शाखा एवं प्रदेशका तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिष्ठानले व्यवस्था र निर्णय गरेका विभिन्न सम्मानहरुद्वारा काभ्रे शाखाका सभापति अशोककुमार श्रेष्ठ, डा. प्रेमराज वैद्य, डा. ओममूर्ति अनिल, उत्कृष्ट शाखामा प्रतिष्ठानका ललितपुर शाखा र गुल्मीशाखालाई सम्मान पत्र प्रदान गरेको थियो ।
प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्र पुरुष ढकालले सम्मानित व्यक्तित्वहरु र संस्थाहरुको घोषणा गर्नु भएको थियो । सम्मानित व्यक्तिहरुको तर्फबाट डा. प्रेमराज वैद्य र डा. ओममूर्ति अनिलले मन्तव्यका साथ मुटु बचाउका तन्त्र प्रस्तति गर्नु भएको थियो । आतिथ्य गर्ने नेपाल हृदयरोग निवारण प्रतिष्ठान शाखाका सभापति अशोक कुमार श्रेष्ठले धन्यवाद दिनुभएको छ । उद्घाटन सत्रपश्चात् आतिथ्य शाखाको तर्फबाट सहभागीहरुको लागि साँस्कृतिक कार्यक्रमद्वारा सम्मान गरिएको थियो । उक्त सम्मानको संयोजन शाखा सचिव सिद्धिबहादुर कर्माचार्य र सदस्य पल्लवी प्रधानले गर्नुभएको थियो भने दोस्रो दिनको कार्यक्रममा योगाभ्यास, चेतनामूलक ¥याली, स्वल्पाहार लगायतका कार्यक्रमहरु गरिएको थियो ।
कार्यक्रममा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, दुवै प्रतिवेदनमाथिको छलफल, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, निर्णय पुस्तिकामा हस्ताक्षरकर्ता मनोनयन लगायतका कार्यहरु केन्द्रीय सभाले गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

    लायनवादको हब बन्दैछ नेपालः लायन डा.यामदा

  • अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

    अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ ः प्रमुख शाक्य

  • स्थापना दिवसको स्मरण गर्दै रक्तदानमा सहकारी

    स्थापना दिवसको स्मरण गर्दै रक्तदानमा सहकारी

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0