प्रभातफेरी अनलाइन५८० पटक पढिएको | २०८२ आश्विन २४, शुक्रबार
काठमाडौं/ प्रचण्डको यात्राका क्रममा स्कर्टिङका लागि केन्द्र र सम्बन्धित जिल्लामा रहेका वाईसीएलका विशेष टोली तयारी अवस्थामा राखिएको छ । प्रचण्ड निकट स्रोतका अनुसार सुरक्षामा खटिने जनशक्ति परिस्थिति र आवश्यकताअनुसार घटबढ गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
वाईसीएलका पूर्वअध्यक्ष तथा इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ का अनुसार शुक्रबार बिहान १० बजेदेखि प्रचण्डको सुरक्षार्थ खटिएका सरकारी सुरक्षाकर्मीहरू फिर्ता भइसकेका छन् । अब नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमित संख्यामा मात्र सुरक्षा दिनेछन् भने बाँकी जिम्मेवारी वाईसीएल र पूर्व जनमुक्ति सेनाले सम्हाल्नेछन् ।
१० वर्ष लामो जनयुद्धपछि माओवादीले शान्ति प्रक्रियामा आएपछि पूर्वलडाकुहरूलाई समेत समेटेर वाईसीएल गठन गरेको थियो । तीमध्ये धेरै सदस्य अहिले पनि लडाकु पृष्ठभूमिका रहेका छन् ।