logo
२०८३ श्रावण २, शनिबार |
📰
🔍

नागरिक अगुवा देवेन्द्रराज पाण्डेलाई पशुपति आर्यघाटमा अन्तिम विदाई

प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
नागरिक अगुवा देवेन्द्रराज पाण्डेलाई पशुपति आर्यघाटमा अन्तिम विदाई

काठमाडौँ, नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व देवेन्द्रराज पाण्डेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ८७ वर्षको उमेरमा उनको शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा निधन भएको थियो।

पाण्डेलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, लेखक तथा अभियन्ताहरू आर्यघाट पुगेका थिए। श्रद्धाञ्जलि दिनेहरूमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका नेता नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायतका व्यक्तित्व सहभागी थिए।

यस अवसरमा नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेपालको लोकतान्त्रिकीकरण र सामाजिक–राजनीतिक रूपान्तरणको प्रक्रियामा देवेन्द्रराज पाण्डेको योगदान अतुलनीय रहेको भन्दै उनको योगदानको उच्च मूल्यांकन गरे।