logo
२०८३ श्रावण २६, मंगलबार |
📰
🔍

नेपाल–अस्ट्रेलिया सहकार्य थप प्रभावकारी बनाउनेमा मन्त्री बादी र राजदूत अन्स्र्टबीच छलफल

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
नेपाल–अस्ट्रेलिया सहकार्य थप प्रभावकारी बनाउनेमा मन्त्री बादी र राजदूत अन्स्र्टबीच छलफल

काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल–अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै आपसी सहकार्यलाई परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो।

मन्त्री बादी र राजदूत अन्स्र्टबीच महिला सशक्तीकरण, बाल अधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र, मानव संसाधन विकास तथा नीतिगत अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो।

मन्त्री बादीले नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। उनले शिक्षा, मानव विकास, सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अस्ट्रेलियाले नेपाललाई गर्दै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।

भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल–अस्ट्रेलियाबीच भइरहेको सहकार्यको महत्त्व उल्लेख गर्दै आपसी हित र प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान सकारात्मक धारणा व्यक्त गरे।