logo
२०८३ श्रावण २९, शुक्रबार |
📰
🔍

सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्ने, आजै शपथको तयारी

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्ने, आजै शपथको तयारी

सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन्। भट्टले एमालेको समर्थनमा तोकिएको समयभित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

दाबी पेस गरेपछि प्रदेश प्रमुखले आजै भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथ गराउने तयारी छ।

नेकपा र एमालेबीच सुदूरपश्चिममा मन्त्रालय बाँडफाँटसमेत भइसकेको छ। जसअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ।

मुख्यमन्त्री शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए। त्यसलगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।