प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
काठमाडौं / राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्। ७९ सदस्यीय केन्द्रीय समिति रहने नयाँ दलको चुनाव चिह्न ‘त्रिभुज’ राखिएको छ भने झण्डामा सेतो रङमा त्रिभुज चिह्न रहनेछ।
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र निर्माणको उद्देश्यसहित करिब दुई महिनाअघि राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सहकार्य गरेका थिए। प्रारम्भिक सहमतिअनुसार राणा अध्यक्ष र प्रसाईं ‘सर्वोच्च नेता’ रहने तथा १०१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी थियो। तर नेतृत्वको वरीयता, कार्यकारी अधिकारलगायत विषयमा सहमति जुट्न नसकेपछि दल दर्ताको अन्तिम समयमा उनीहरू अलग भएका हुन्।