logo
२०८३ श्रावण २९, शुक्रबार |
📰
🔍

आन्तरिक विवाद अदालतमा होइन, संवाद र सहमतिबाट टुंग्याऔँ : विश्वप्रकाश शर्मा

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ श्रावण २९, शुक्रबार
आन्तरिक विवाद अदालतमा होइन, संवाद र सहमतिबाट टुंग्याऔँ : विश्वप्रकाश शर्मा

काठमाडौं /  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवादलाई अदालती प्रक्रियामा अल्झाउनुको सट्टा संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै शर्माले ‘जित–हार’को मनोविज्ञान त्यागेर १५औँ महाधिवेशनमा केन्द्रित हुन नेतृत्वलाई आग्रह गरे।

गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको निर्णय सदर गर्दै रिट खारेज गरेपछि पार्टीभित्र नयाँ ढङ्गबाट संवाद सुरु गरिएको उनले जानकारी दिए। अदालतको फैसला कुरेर कोही जित्ने र कोही हार्ने मनोविज्ञान बोकेर महाधिवेशनमा जानु पार्टीको हितमा नहुने उनको भनाइ थियो।

शर्माले सहमतिका लागि जेठ १६ गते नै ७ बुँदे लिखित प्रस्ताव अघि सारिएको उल्लेख गर्दै आन्तरिक विवादको समाधान मिडियामा आरोप–प्रत्यारोप गरेर नभई संयम र परिपक्व संवादबाट खोज्नुपर्ने बताए।

उनका अनुसार पार्टीभित्रका विमतिहरूलाई १५औँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक एजेन्डाका रूपमा मौखिक वा लिखित रूपमा प्रस्तुत गर्ने अवसर दिनुपर्छ, ताकि कुनै पनि नेता–कार्यकर्ताले आफूलाई पाखा लगाइएको महसुस नगरोस्।