प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले सिर्जना र विचारमार्फत देखाएको बाटो आगामी पुस्ताका लागि पनि स्मरणीय रहने उल्लेख गरेका हुन्।
उनले भौतिक रूपमा श्रेष्ठ अब नरहे पनि उनका सिर्जना, विचार र सामाजिक योगदान निरन्तर जीवित रहने बताएका छन्। श्रेष्ठले देखाएको मार्गलाई निरन्तर अघि बढाउने प्रतिबद्धतासमेत प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्।