प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
काठमाडाैं / लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारु र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारुलाई शपथ गराएका हुन्।
तीनै जना नेपाली कम्युनिस्ट पार्टीका सांसद हुन्। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुखले सोमबार संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
सत्ता साझेदारीमा भएको सहमतिअनुसार एमालेबाट मुख्यमन्त्रीसहित चार, नेपाली कम्युनिस्ट पार्टीबाट तीन र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने गरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।