प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
काठमाडौं / नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको आन्तरिक विवाद र असमझदारी अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्।
देउवाले आज सातबुँदे अपिल जारी गर्दै पछिल्लो समय पार्टीभित्र देखिएको विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
अपिलमा उनले पार्टीको विधि, विधान, पद्धति र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै संस्थापन पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्।
