Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा आइ.पि.एम प्रविधि बाट तरकारी खेती, लवग्रीनको प्राबिधिक सहयोगले धेरै उत्पादन – कृषक

प्रभातफेरी अनलाइन ९१६५ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष १०, मंगलबार (७ साल अघि)
पाँचखालमा आइ.पि.एम प्रविधि बाट तरकारी खेती, लवग्रीनको प्राबिधिक सहयोगले धेरै उत्पादन – कृषक

 

शुसिलराज गिरी
पाँचखाल- पाँचखाल का कृषकहरु आइ.पि.एम प्रविधि सिक्दै न्यून लागत मा ताजा तरकारी खेतिको लागि तयारी गरीरहेका छन् । पाँचखालमा उत्पादन भएको ताजा तरकार बिषादि न्युनिकरण गर्दै उपभोक्ताहरु समक्ष्य उपभोग को लागी पठाउने तर्फ कृषकहरु तयारीमा जुटेका छन् ।

मौसमी तथा बेमौसमी ताजा तरकारी आइ.पि.एम प्रबिधी बाट खेति गर्दा सफल हुने मा आफु आशाबादी रहेको एक प्रसिक्षार्थी कृषक झिबिध्वज तामाङ ले बताउनुभयो । लवग्रीन नेपाल वातावरण मैत्रि एकीकृत दीगो विकास परियोजनाले पाँचखालमा आइ.पि.एम तरिकाबाट खेति गराउन निरन्तर कार्यक्रम गरीरहेको छ ।
लवग्रीन नेपालले माटो परिक्षण गरी सुधार गर्नु पर्ने बिषयमा समेत जानकारी गराउंदै कृषकहरुलाई कम खर्चमा बिषादी रहित ताजा तरकारी उत्पादन गराउनको लागी विभिन्न भिडियो ,डकुमेन्ट्री सहित को कृषक पाठशाला संञ्चालन गरिरहेको कृषक अगुवा तेजप्रसाद तिमल्सिना ले बताउनुभयो । समय समयमा कृषकहरुसंग कृषि बिज्ञहरुलाई झिकाएर अन्तक्र्रिया कार्यक्रम समेत गर्ने गरेको कार्यक्रम संन्चालक गोबिन्द प्रसाद पान्डे ले ले बताउनुभयो । लबग्रीन नेपालको प्राबिधिक सहयोगमा आइ.पि.एम तरिकाबाट भएको काउली खेतिको अवलोकन पस्चात पुःण अन्तक्र्रियात्मक कार्यक्रमले कृषक को दुबिधा हटेको कार्यक्रम संन्चालक गोबिन्द प्रसाद पान्डे ले बताउनुभयो ।

कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालयका प्रमुख ले, जाईका योकोहाना लवग्रीन जापानको सहयोगमा पाँचखालमा संञ्चालन भएको अगुवा कृषकहरुको समुहहरुलाई जैबिक बिषादीको माध्यमबाट ताजा तरकारी खेति गराउने उद्देस्यले कृषक पाठशालाहरु संञ्चालनमा ल्याएको बताउनु भयो । उहाँ प्रमुख ले भन्नुभयो लब ग्रीनले पाँचखाल र यहाँ को कृषक को भविश्य उज्जलबनाउदै गरेको मा खुसी ब्यत्त गर्नु भयो ।

त्ययसैगरी कृषि बिकास कार्यालयका कृषि प्रचार अधिकृत कृष्ण धितालले पाँचखालमा उत्पादन भएको बिभिन्न प्रकारका ताजा तरकारीमा बिषादिको मात्रा अन्यत्रको भन्दा अत्यन्त कमी भएको पनि बताउनु भयो। पाँचखालमा उत्पदीत बिभिन्न तरकारीहरु खान योग्य र अन्यत्रको भन्दा बिषाधी अत्यन्त कमी भएको पनि बताउनु भयो । उत्त तालिम मा लवग्रिन नेपालका कार्यक्रम अधिकृत नारायण प्रसाद ज्ञवालिले बिषादिबाट हुने नोक्सानि ले मानव स्वास्थ्य र वातावरणलाई समेत नोक्सान पुर्याउने हुनाले बिषादि प्रयोगलाई कम गर्दै लगेर अर्गानिक खेती मा आफुहरु लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो हाम्रो उद्देस्य भनेको वातावरण साथै मानव स्वास्थ्य जोगाउने र कृषकहरुको खर्च घटाई, आम्दानिमा बृद्धि गराउने हो । त्यसको लागि जनचेतनामूलक कार्यक्रम गर्दै बिषादिलाई अनावस्यक प्रयोगमा रोक लगाउंदै जाने बताउनु भयो । कृषकहरु र उपभोक्ताहरुको हितको खातिर जैबिक बिषादिको माध्यमबाट खेति गराउने बिषयमा कृषकलाई जागरुक बनाउन कार्यक्रम ले मुख्य भुमीका खेलेको सहभागी कृषक भबानी श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी पाँचखाल ५ का अगुवा कृषक चेतनाथ गौतम ले भन्नुभयो २०६० सालबाट लगातार तरकारी कै काम र खेती गर्दै आईयो सुरुमा राम्रो उत्पादन हुन्थ्यो तर बेच्न समस्या अहिले आएर उत्पादन भएको तरकारी बिक्रिको लागि बजार पाईन थाल्यो जसका कारण खुसि भयौं, पछिल्ला समयमा आएर बालि सफल नहुदा दिक्क भएका थियौं यहि समयमा लव ग्रीन नेपालले आइ.पि.एम तरिकाले खेती गराएर नयाँ तरीका सिकाउदा खेति सफल भएकोमा खुसि भएको गौतम को भनाई रहेको छ । काउली खेती गर्न छाडेका थियौं, चिसो ले फल्ने समयमा विरुवा नबड्ने र साना हुने कारणले गर्दा । लव ग्रीन नेपालका प्राबिधिक टोलिले मेरै बारिमा काउली लगाउने कुरा गर्दा साना हुने फुल्न टाइम लाग्ने र नोक्सान हुने हो की भन्दै आनाकानी गरेको थिए तर नयाँ तरीकाले खेती गर्दा सफल भएकोले अव जथाभावि तरीकाले खेती नगरी आइ.पि.एम तरीकाले अरु खेती पनि गर्ने बताउनु भयो ।

  • पाँचखालमा आइ.पि.एम प्रविधि बाट तरकारी खेती
  • लवग्रीनको प्राबिधिक सहयोगले धेरै उत्पादन - कृषक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0