Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुरक्षाको सुष्तताको कारण पाँचखालमा चोरी, स्थानियले सम्झीय फुँयाललाई

प्रभातफेरी अनलाइन ६६७३ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष २४, मंगलबार (७ साल अघि)
Post Thumbnail

पाँचखाल-पछिल्लो समयमा आएर प्रहरीले सवारी तथा पैदल ग्रस्ति गर्न कन्जुसाई गर्दा पाँचखाल र आसपासको क्षेत्रमा चोरीको विगविगि भएको छ । विगतमा रातीको समयमा राजमार्ग र आशपासको संभाव्यत स्थानमा प्रहरीले सवारी तथा पैदल ग्रस्ति गर्दा रातीको समयमा मदिरा सेवन गर्ने र चोरी नियन्त्रण भएको थियो ।

स्थानिय एवं पाँचखाल उद्योगबाणिज्य संघका अध्यक्ष राजन कार्कीले भन्नुभयो—विगतमा चोरी तथा मदिरा नियन्त्रणको लागि प्रहरीको ठुलो भुमिका थियो, तर हाल आएर पैदल तथा सवारी ग्रस्ति नगर्दा दिनपरदिन विकृतिहरु वढ्दो छ । पाँचखाल चौकीमा ईञ्चार्जको रुपमा आउनु भएका बच्चुराम फुयाल, बाबुराम झा, दिपेन्द्र चन्दले पाँचखालमा सुरक्षाको अवस्था मजबुत बनाएको थियो । जसका कारण स्थानियहरु सुरक्षीत महसुस गर्दै ढुक्क थिए तर हाल सुरक्षाको अवस्था खस्कदै जाँदा समस्या भएको बताउनु हुन्छ अध्यक्ष कार्की ।

केही समय अगाडी देखी पाँचखाल बजारमा चोरीको विगविगि बढेको छ । एकै रातमा सहकारीहरु साथै पसल चोरी भएको थियो । चोरीमा संलग्न हुनेहरुको पहिचान गरी कारवाही गर्न नसक्दा चोरी निरन्तर रुपमा हुन थालेको छ । दिउंसै घरभित्र पसेर सुन चोर्ने कार्य, घरमा पसेर नगद तथा जिन्सि समाना चोरी गर्ने कार्यहुंदा कारवाहि हुन सकेन । त्यसैले गर्दा चोरीमा संलग्नहुनेहरुको मनोवल बढ्न गई पुन पाँचखालमा एकै रातमा दुई किराना पसल साथै पार्कीङ्ग गरीराखेको दुई वटा निसान गाडीमा रहेको स्पेयर टायर समेत चोरी भएको छ ।
पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाट बजारमा रहेको जगन्नाथ अधिकारी र सान्ता वहादुर नापीतको गरी दुई किराना पसलमा चोरी भएको पिडित पक्षले जानकारी गराएका छन् । उक्त पसल मध्य जगन्नाथ अधिकारीको पसलबाट पसलमा रहेको सवै प्रकारको चुरोटहरु साथै अन्य किराना सामान र १ थान मोवाईल समेत गरी ८५ हजारको सामान चोरी भएको जानकारी प्राप्त भएको छ ।

केही बर्ष अगाडी पनि सोही पसलमा चोरी भएको थियो तर चोरीमा संलग्नताहुनेको पहिचान हुन सकेको थिएन । त्यसैगरी सान्त वहादुर नापीतको पसलबाट बिभिन्न प्रकारका चुरोटहरु साथै किराना सामानहरु गरी ६० हजारको सामान हराएको पिडित पक्षले बताउनु भएको छ ।

त्यसैगरी पार्ककिङ्ग गरी राखेको केशर बहादुर श्रेष्ठको बा.५ ख ६७३३ नं पुर्ण वहादुर दनुवारको वा.५ ख ६७२४ नं.को महेन्द्र निशान गाडीको स्पेयर टायर चोरी भएको छ । चोरीको बिषयमा पाँचखाल प्रहरी चौकिका प्रमुख शिवप्रसाद पराजुलीसंग सम्पर्क राख्दा सुक्ष्म ढंगले अनुसन्धान सुरु गरेको वताउनु भएको छ । उहाँले भन्नुभयो चोरीको क्रममा फोरिएको तालाको प्रकृति हेर्दा कुनै पेसेवर समुहले नै चोरी गरेको हुनसक्ने बताउनु भयो ।

  • सुरक्षाको सुष्तताको कारण पाँचखालमा चोरी
  • स्थानियले सम्झीय फुँयाललाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0