Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुग्धेश्वर मन्दिर संरक्षणको लागि महायज्ञ, पाँचखालको ऐतिहासिक मंदिरहरुमा सडकको व्यवस्था गर्छु – खरेल

प्रभातफेरी अनलाइन ७३८२ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन १, बुधबार (७ साल अघि)
दुग्धेश्वर मन्दिर संरक्षणको लागि महायज्ञ, पाँचखालको ऐतिहासिक मंदिरहरुमा सडकको व्यवस्था गर्छु – खरेल

पाँचखाल-पाँचखाल नगरको मुटुमा रहेको ऐतिहासिक दुग्धेश्वर मंदिर संरक्षण साथै मंदिर हातामा ६४ शिवलिंग स्थापनाको लागि एक्काइसौ ज्ञान महायज्ञको सोमबारबाट सुरुवात भएको छ ।

यज्ञको उद्घाटन गर्दै पाँचखाल नगरका प्रमुख महेश खरेलले धर्म भनेको मानिलाई सुमार्गमा डोहो¥याउने माध्यम भएको बताउनु भयो । प्रमुख अतिथि खरेलले थप्नुभयो धर्मले देखाएको बाटोमा नहिड्दा बिभिन्न विक्रितिहरु निम्तिएको बताउनु भयो । कुनै पनि धर्मले मानवजातिको हितको लागि मार्ग देखाउने माध्यम भएकोले धर्ममा आस्था राख्नु अति आवश्यक भएको बताउनु भयो । पैसा कमाउने होडमा धर्मलाई विर्सिदा समस्याहरु आएको वताउंदै खरेलले भन्नुभयो पहिला धर्मकार्यलाई समय दिनु पर्छ , पैसा कमाउने कार्यलाई दोस्रो प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि खरेलले भन्नुभयो “सत्य युगदेखि नै पाँचखालमा रहेको ४ मंदिरले गर्दा नगरलाई परिचित गराएको छ” । नगरमा रहेको मन्दिरहरु मध्य दुग्धेश्वर महादेव मन्दिर, भगवान महांदेवको श्रीमति सतिदेविको मृत्यु पश्चात सतिको छाला पतन भएको स्थानको रुपमा परिचित रहेको ऐतिहासिक मंदिर भएको बताउनु भयो । ऐतिहासिक मंदिरहरुको संरक्षण गर्नु नगरको साथै स्थानियहरुको कर्तव्य भएकोले नगरको तर्फबाट ऐतिहासिक मंदिरको संरक्षण तथा सो स्थान सम्म जाने सडकको व्यवस्थ गर्ने वताउनु भयो ।
पाँचखालको इतिहासको रुपमा रहेको पलाञ्चोक भगवति, दुग्धेश्वर महादेव, धनलक्ष्मी र कोटदेवीको संरक्षण साथै भक्तजनहरुलाई आवत जावत कोलागि सहज गर्न सडकको व्यवस्थ गर्न खरेलले बताउनु भयो । उहाँले भन्नुभयो आफु पाँचखालको हितको लागि कार्य गर्ने सेवक रहेकोले नगरवासिहरुको हातमा हात, काँधमा काँध मिलाएर अगाढी बढ्ने बताउनु भयो ।

दुग्धेश्वर मंदिर संरक्षण तथा व्यवस्थापन समिति एवं श्रीमतभागवत परोपकार सेवा कुञ्जको आयोजनामा भएको उक्त कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष शिवसरण लामा, वडा नं ८ का वडा अध्यक्ष शंजय तामाङ, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो । आयोजक समितिका अध्यक्ष रामहरी गिरीको सभापतित्वमा उद्घाटन भएको उक्त कार्यक्रममा कान्छाराज गिरीले स्वागत मन्तव्य राखनु भएको थियो भने कार्यक्रमको संञ्चालन पवन सापकोटाले गर्नु भएको थियो । महांयज्ञमा प्रमुख कथा वाचकको रुपमा पं. विनोद सापकोटा र उप—वाचक उज्ज्वल सिग्देल रहनु भएको छ ।

पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको ऐतिहासिक दुग्धेश्वर मंदिर बाजुराम गिरीको अध्यक्षतामा ०६१÷०६२ मा पुनर निर्माण भएको थियो । सो पुनर निर्माण कार्यको लागि स्थानिय, जिल्ला विकास समितिको कार्यालय काभे्र, पुरातत्व विभाग समेतले सहयोग गरेको थियो । मंदिर पुनर निर्माणको क्रममा ९ शय बर्ष भन्दा पुरानो ऐतिहासिक भएको पुरातत्व विभागको अभिलेखमा पाईएको थियो । ०७२ मा गएको बिनासकारी भूकम्पका कारण क्षती भएको उक्त ऐतिहासिक मंनिरको संरक्षण गर्ने उद्देश्यले सोमबारबाट सुरुभएको महांयज्ञ फाल्गुण ठ गते सम्म चल्ने आयोजक पक्षले जानकार िगराएका छन् । सो महांयज्ञमा सामुहिक ब्रतबन्ध समेत गरीने भएको छ ।

  • दुग्धेश्वर मन्दिर संरक्षणको लागि महायज्ञ
  • पाँचखालको ऐतिहासिक मंदिरहरुमा सडकको व्यवस्था गर्छु - खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0