Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नयाँ ढंगको योजनाका साथ जनताको आँगनमा पनौती नगर

प्रभातफेरी अनलाइन ७२२४ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
नयाँ ढंगको योजनाका साथ जनताको आँगनमा पनौती नगर

पनौती-काभे्र जिल्लामा रहेका स्थानिय तह मध्यकै सवैभन्दा बढी ऐतिहासिक धरोहर रहेको नगरको रुपमा परिचित पनौती नगरले नगरवासिहरुको चाहनालाई पुरा गर्दै मुलुककै नमुना ढंगको कार्य थालेको छ । लगातार ११ दिनसम्म नगरका प्रमुख, उप—प्रमुख साथै निर्वाचित जनप्रतिनिधिहरुका साथमा कर्मचारीहरु र नगरमा रहेका बिभागिय प्रमुखहरु समेतको टोलिले नगरवाट भैगरेका कार्यहरुका बारेमा जानकारी दिदै थप सुझाव संकलन गर्ने कार्य गरेको छ ।

९ गतेबाट सुरुभएको उक्त अभियान मंगलबार सम्पन्न भएको छ । अभियानको क्रममा ०७५ साउन १ गतेबाट फागुन मसान्त सम्म नगरले गरेको विकास निर्माणको कार्य साथै नयाँ ढंगको नीति नियमको बिषयमा जानकारी गराईएको थियो । अभियानको क्रममा नगरवासिहरुबाट विकास निर्माण साथै नीति नियमका बारेमा सोधिएको जिग्यासाका बारेमा नगरका प्रमुख भिम न्यौपानेले प्रस्ट पार्नुभएको थियो । त्यसैगरी महिलासंग सम्बन्धि जिग्यासाको बारेमा नगरका उप—प्रमुख गिता वञ्जाराले नगरले अगाडी बढाएको योजनाका बारेमा जानकारी गराउनुु भएको थियो ।

अभियानको क्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत बिजयराज पौडेलले “जनताको आँगनमा नगरपालिका ” नामक अभियान चलाउनुको प्रमुख उद्देश्यको बारेमा बताउनु भएको थियो । सोही क्रममा प्रमुख प्रशासकिय अधिकृत पौडेलले पनौती नगरपालिकाले काँचुलि फेर्ने ढंगको कार्य गर्ने बिषयमा नगर अगाडी बढेकोले नगरवासहिरुबाट सुझाव लिन अभियान चलाएको बताउनु भयो । बिकास निर्माणको गुणस्तरता, तात्कालिन र दिर्घकालिन योजना साथै यो वा त्यो को वाहनामा नगरका कर्मचारीहरुले सेवाग्राहिहरुलाई केही दुख दिएको छ की भन्ने बिषयमा सुझाव साथै सार्वजनिक हितको लागि गरीने कार्यमा नगरवासिहरुबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

त्यसैगरी नगरका बरिष्ट प्रशासकिय अधिकृत ईन्द्र प्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत गरेको प्रतिवेदनको आधारमा मुलुकमा रहेको ७ सय ५३ स्थानिय तह मध्यकै नमुना ढंगको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा सामाजिक सुरक्षा भक्ता वितरण गर्ने क्रममा बृद्धबृद्धाहरुलाई बैंक सम्म जान असहज हुने भएकोले सम्बन्धित वडा कार्यालयबाटै प्रदान गरीने वडामा आउन नसक्नेलाई घरैमा वडाका प्रतिनिधिहरु पुगेर भत्ता प्रदान गर्ने गरेको बताउनु भयो । त्यसैगरी पनौति नगरमा बसोवास गर्ने अबिवाहित (३५ बर्ष पुगेक) १ सय १ जना, सम्बनध बिच्छेद भएका ५ जना र पति वेपत्ता भएका १२ जना गरी १ सय १८ जनालाई मासिक १ हजारका दरले बिषेश भत्ता प्रदान गरेको बताउनु भयो ।
कार्यक्रममा बरिष्ट प्रशासकिय अधिकृत अधिकारीले नगरमा रहेका बर्थिङ्ग सेन्टरहरुमा सुतकेरी गराउंदा सुतकेरी भत्ता बापत ३ हजार ३ सय प्रदान गरीने । मोतियाबिन्दु भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था, कडा प्रकृतिको रोग लागि उपचारको लागि विपन्न परिवारले पाउने १ लाख जिल्लामा लिन झन्झटीलो भएको गुनासो आएकोले सो व्यवस्था समेत नगरवाटै गरिने, अपाङ्ग परिचय पत्रको लागि पनि जिल्लामा धाउनु पर्ने अवस्थाको अन्त्य गर्दै नगरबाटै व्यवस्था गरेको बताउनु भयो । त्यसैगरी कृषकहरुको हितको लागि भैंसिलाई सुतकेरी भक्ताको व्यवस्था गर्नाको साथै पाडा पाडीको जन्म दर्ताको व्यवस्था मिलाएको बताउनुभयो । नगरवासिहरुको उपचारको लागि नगरमा रहेको स्वास्थ्य चौकिहरुलाई मिनि अस्पतालको रुपमा बिकास गर्ने योजना रहेको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा जानकारी गराउनु भएको थियो ।

अभियानको क्रममा प्राय सवै वडाहरुबाट सहभागिहरुले बिषेश गरेर सिमा विवाद, बृहत खानेपानी, सार्वजनिक सम्पत्तिको संरक्षण, पुण्यमाता खोला सरसफाई, नगरका प्राबिधिकहरु र लेखाले सेवाग्राहीको काम गर्दा पैसा माग्ने गरेको साथै मकरमेला व्यवस्थापनको बिषयमा राखेको जिग्यासा नगरप्रमुख न्यौपानेले प्रस्ट्याउनु भएको थियो । उहाँले भन्नुभया २०६७ सालमा पनौती, बनेपा र धुलिखेल नगरलाई समेटेर अगाडी बढेको बृहत खानेपानी योजना दोस्रो मेलम्चीको रुपमा ढिला सुस्ति भएको तर स्थानिय तहको निर्वाचन भएपश्चात पनौती नगरमा निर्वाचित जनप्रतीनिधिको पहलमा सो योजनालाई अगाडी बढाईएको बताउनु भयो । हाल सम्म ८२ प्रतिशत कार्य सम्पन्न भएको र अवको ७ महिना भित्र मुल ट्यांङ्किमा पानी संकलन गर्ने बताउनु भयो ।

सम्बोधन गर्ने क्रममा नगर प्रमुख न्यौपानेले पनौती नगरको सिमाबिवाद बिगतबाटै सुरु भएको र स्थानिय तहमा जनप्रतीनिधि बिहिन भएको अवस्थामा काभे्रका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाको कार्यकालमा भएको वैठकको निर्णयको पुनश्च भन्ने शब्दले पनौती नगरले दावि गर्दै आएको स्थान धुलिखेलमा पार्ने खालको रहेको छ, सो पनौतीलाई मान्य नहुने बताउनु भयो । २०५३ सालमा जुन सिमाना कायम भएको थियो सोही अनुसार हुनुपर्ने दाबी पनौती नगरको रहेको बताउनु भयो । आईटि पार्क, एस.ओ.एस पनौती नगरमा पर्छ सो स्थानमा कसैले दावा गर्दैमा पाउने होईन । नगरवासिका भावना साथै नगरको अधिकारलाई कसैले मेरो भन्दैमा पाउने होईन, सोही बिवाद समाधानको लागि प्रदेश सरकारले कार्य थालेको बताउनु भयो ।

सेवाग्राहिसंग कुनै पनि बाहानामा घुस लिएको स—प्रमाण फेला परेमा त्यस्ता व्यक्तिलाई ठाउंको ठाउंमा कारवाही गर्ने बताउनु भयो । सार्वजनिक सम्पत्ति व्यक्तिलाई हडप्न दिदैनौ प्राबिधिकहरुबाट नापजाँच गरी संरक्षण गरीने बताउनु भयो । त्यसैगरी पुण्यमाता खोला सफाई साथै मकर मेलाको बिषयमा नगरले योजना तयार गरीसकेको वताउंदै नगरको पहिचानको रुपमा रहेको मकरमेला सहज ढंगबाट सफल पार्न नगरवासिहरु साथै नगरपालिका परिवार एक भएर अगाडी बढ्ने वताउनु भयो ।

  • नयाँ ढंगको योजनाका साथ जनताको आँगनमा पनौती नगर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0